नेपाली बैंकका एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान « Khabarhub

नेपाली बैंकका एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले नेपालका विभिन्न ७ वटा बैंकको एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको (वाणिज्य) इजलाशले ५ जना चिनियाँ र १ फ्रेन्च नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो ।

उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने धरौटीमा रिहा भनेको छ ।

एटीएम ह्याक प्रकरणमा मुछिएकामध्ये नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख तथा रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले खबरहबलाई जानकारी दिए ।

पुर्पक्षका लागि थुनामा पठाइएका चिनियाँ नागरिकहरुलाई भने कारागार कार्यालय जगन्नाथदेवल (सुन्धारा) चलान गरिएको सुवेदीले बताए ।

गत भदौ १४ गते (शनिबार) नेपाली बैंकको एटीएम ह्याक गरी पैसा लुट्दै गरेको अवस्थामा काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ ह्याकरहरु पक्राउ परेका थिए । पछि उनीहरुको बयानका आधारमा चिनियाँ मूलका अर्का १ जना फ्रेन्च नागरिक पनि पक्राउ परेका थिए ।

प्रहरीको अनुसन्धानबाट चिनियाँ ह्याकरहरुको समूहले नेपाली बैंकिङ प्रणालीमा आक्रमण गरी १ करोड ६८ लाख रुपैयाँभन्दा बढी लुटेका थिए ।

प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको भन्दै ३ जना नेपालीलाई पनि पक्राउ गरेको थियो ।

चिनियाँहरुले ह्याक गरेर लुटेको पैसा सटही गर्न सहयोग गरेको भन्दै प्रहरीले ठमेलस्थित डेस्को मनि एक्सचेन्ज र नेपालय मनि एक्सचेन्जका सञ्चालक तथा मेनेजरलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेकामध्ये अदालतले नेपालयका डेस्को मनि एक्सचेञ्जका सञ्चालक वेदनाथ लामिछानेबाट ३० लाख तथा नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र मेनेजर रेवती दवाडीसँग जनही २६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।


भिसा कार्डको स्वीकृतिमा चिनियाँ ह्याकरहरुले लुटे डेढ करोड ?

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : ३५ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री