नेपाली बैंकका एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान | Khabarhub Khabarhub

नेपाली बैंकका एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले नेपालका विभिन्न ७ वटा बैंकको एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको (वाणिज्य) इजलाशले ५ जना चिनियाँ र १ फ्रेन्च नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो ।

उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने धरौटीमा रिहा भनेको छ ।

एटीएम ह्याक प्रकरणमा मुछिएकामध्ये नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख तथा रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले खबरहबलाई जानकारी दिए ।

पुर्पक्षका लागि थुनामा पठाइएका चिनियाँ नागरिकहरुलाई भने कारागार कार्यालय जगन्नाथदेवल (सुन्धारा) चलान गरिएको सुवेदीले बताए ।

गत भदौ १४ गते (शनिबार) नेपाली बैंकको एटीएम ह्याक गरी पैसा लुट्दै गरेको अवस्थामा काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ ह्याकरहरु पक्राउ परेका थिए । पछि उनीहरुको बयानका आधारमा चिनियाँ मूलका अर्का १ जना फ्रेन्च नागरिक पनि पक्राउ परेका थिए ।

प्रहरीको अनुसन्धानबाट चिनियाँ ह्याकरहरुको समूहले नेपाली बैंकिङ प्रणालीमा आक्रमण गरी १ करोड ६८ लाख रुपैयाँभन्दा बढी लुटेका थिए ।

प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको भन्दै ३ जना नेपालीलाई पनि पक्राउ गरेको थियो ।

चिनियाँहरुले ह्याक गरेर लुटेको पैसा सटही गर्न सहयोग गरेको भन्दै प्रहरीले ठमेलस्थित डेस्को मनि एक्सचेन्ज र नेपालय मनि एक्सचेन्जका सञ्चालक तथा मेनेजरलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेकामध्ये अदालतले नेपालयका डेस्को मनि एक्सचेञ्जका सञ्चालक वेदनाथ लामिछानेबाट ३० लाख तथा नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र मेनेजर रेवती दवाडीसँग जनही २६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।


भिसा कार्डको स्वीकृतिमा चिनियाँ ह्याकरहरुले लुटे डेढ करोड ?

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : ३५ बजे

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

मनाङका किसानले भित्र्याए फापर बाली

मनाङ– मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् ।

अपी सडक निर्माणमा ढिलाइ, महँगीको मारमा स्थानीय

दार्चुला– यहाँको अपी हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरी निर्माणाधीन मकरीगाड–खण्डेश्वरी

नेपाल वायुसेवा निगमको अक्टोबर  १९ को काठमाडौं-ग्वाञ्जाओ उडान रद्द

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

काठमाडौं– दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य