ज्योतिष शास्त्रः हातमा यस्ता रेखा भए चम्किन्छ भाग्य « Khabarhub

ज्योतिष शास्त्रः हातमा यस्ता रेखा भए चम्किन्छ भाग्य


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ ।

शास्त्रानुसार उसको हातमा भएका हस्तरेखाबाट पनि भाग्य कस्तो रहनेछ भन्ने विषयमा जानकारी लिन सकिन्छ ।
त्यस्तै, हस्तरेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसैअनुरुप हाम्रो जीवन अघि बढ्छ ।

केही व्यक्तिको स्वभावदेखि यसको करिअरसम्मलाई यी रेखाहरुले प्रभाव पारेका हुन्छन् । हत्केलामा हुने शनि रेखाको बारेमा बताइएको छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ । अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवताका रुपमा शनिदेवलाई लिने गरिन्छ ।

ज्योतिष शास्त्रमा शनिको दशा चलेको समयलाई मानिसले निरास रुपमा लिने गरेका हुन्छन् तर शनिदेव सधै नराम्रो गर्ने देवता नभएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

जुन मानिसको हत्केलामा शनि पर्वत हुन्छ । त्यो मानिस अधिक धन सम्पत्तिको मालिक बन्छ । यसका साथै शनि पर्वतको साथ मंगल पर्वत भएको मानिस साहसी र सफलता हासिल गर्ने खालको हुन्छ ।

शनिदेव जसको राम्रो हुन्छ, भविष्यमा उ देशको सबैभन्दा महत्वपूर्ण मान्छे बन्न सक्ने ज्योतिष शास्त्रको मान्यता रहेको हुन्छ ।

जुन मानिसको हत्केलामा शनि पर्वत हुन्छ । त्यो मानिस अधिक धन सम्पत्तिको मालिक बन्छ । यसका साथै शनि पर्वतको साथ मंगल पर्वत भएको मानिस साहसी र सफलता हासिल गर्ने खालको हुन्छ ।

हस्तरेखा शास्त्रअनुसार यस्ता मानिसलाई कहिल्यै धनको कमी हुँदैन । शनिको स्थान भएको औंला लामो भएमा त्यस व्यक्ति शान्तिको प्रिय हुन्छ । उसलाई धार्मिक कार्य गरिरहन मन पर्छ भने आफ्नो करिअरप्रति धेरै नै इमान्दार हुन्छ । उसले नयाँ उचाई प्राप्त गर्छ ।

यदि कसैको हातको हत्केलामा जुन स्थानमा शनि हुन्छन्, धेरै रेखाहरू काटिएको छ या जीवन रेखा सीधा वा दोषपूर्ण छ भने शनिका दशा मानिन्छ । यस बाहेक हत्केलामा रेखाहरूको जार हुन्छ, उसलाई शनिको दशा नभएको मानिन्छ ।

शनिको साथै बृहस्पति राम्रो भएमा त्यस्तो मानिस बुद्धिमानी र स्वाभिमानी हुने मानिन्छ । उसले हर क्षेत्रमा उच्च शिक्षाका साथै प्रशासनिक क्षेत्रमा समेत राम्रो रहन्छ । उद्योगमा पनि उसले सफलता प्राप्त गर्छ ।

जस व्यक्तिको हत्केलामा शनि सिधा रहन्छ उस व्यक्तिको भाग्य राम्रो हुन्छ । त्यस्तो व्यक्ति कला क्षेत्रमा आफ्नो करिअर बनाउन सक्दछ।

जुन मानिसको हत्केलामा शनि र सूर्यको स्थिति राम्रो हुन्छ, उसले आफ्नो जीवनमा सुख पाउँछ । यसका साथै उसको व्यक्तित्व पनि राम्रो हुन्छ । शास्त्रका अनुसार यस्ता व्यक्ति धेरै नामी तथा दामी दुवै हुने गर्छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ७ : १९ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन