आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता « Khabarhub

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई संस्कारी बनाएको हुन्छ ।

आज आइतबार । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ ।

मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।

कुनै पनि शुभ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्र अनुसार आइतबार के के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा यहाँ प्रस्तुत गरिएको छ ।

आइतबारका दिन राज्याभिषेक गर्ने, मन्त्र–उपदेश गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, औषधी निर्माण गर्ने, गाईगोरु किनबेच गर्ने, हवन गर्नाले लाभ हुने शास्त्रमा उल्लेख गरिएको छ ।

शास्त्रानुसार आइतबारका दिन सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्नु उपयुक्त मानिन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ७ : ३३ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन