स्याटेलाइट प्रक्षेपण स्थलमा उत्तर कोरियालले गर्‍यो ‘अति महत्त्वपूर्ण परीक्षण’ « Khabarhub

स्याटेलाइट प्रक्षेपण स्थलमा उत्तर कोरियालले गर्‍यो ‘अति महत्त्वपूर्ण परीक्षण’


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले स्याटेलाइट प्रक्षेपण स्थलमा “अति महत्त्वपूर्ण परीक्षण” गरेको बताएको छ । उत्तर कोरियाली केसीएनए समाचार एजेन्सीले परीक्षण परिणामलाई मुलुकको रणनीतिक अवस्थितिलाई प्रवर्धन गर्न प्रयोग गरिने जनाएको छ ।

विश्लेषकहरूको विश्वास छ- त्यो जमिनमा आधारित स्याटेलाइट प्रक्षेपणलाई शक्ति प्रदान गर्ने इन्जिनको परीक्षण हुन सक्छ वा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हुन सक्छ ।

प्योङयाङले अमेरिकासँग थप कुराकानी गर्ने द्वार बन्द गरेको जस्तो देखिएका बेला यो परीक्षण भएको बीबीसीले जनाएको छ ।

“हामीलाई अब अमेरिकासँग लामो कुराकानी गर्न आवश्यक छैन, र आणविक निरस्त्रीकरण सहमतिको टेबलबाट बाहिरिइसकेको छ,” संयुक्त राष्ट्र सङ्घका लागि उत्तर कोरियाली दूत किम सङले शनिवार एक विज्ञप्ति जारी गर्दै बताएका थिए।

उत्तर कोरियाले सार्थक रूपमा नाकाबन्दी खुकुलो पार्नेसहित नयाँ निरस्त्रीकरण सम्झौताको प्रस्ताव तयार पार्न अमेरिकाका लागि यो वर्षको अन्त्यसम्मको समयसीमा तोकेको थियो ।

शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझै पनि आफूले सहमतिमा पुग्ने आशा गरेको बताएका थिए ।

ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निरस्त्रीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन । पछिल्लो परीक्षण सोहाए स्याटेलाइट प्रक्षेपण स्थलमा गरिएको थियो जुन किमले बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको अमेरिकाले एकपटक जनाएको थियो ।

“पछिल्लो महत्त्वपूर्ण परीक्षणको परिणामले निकट भविष्यमै उत्तर कोरियाको बदलिँदो रणनीतिक अवस्थितिमा महत्त्वपूर्ण प्रभाव पार्ने छ,” केसीएनएले भनेको छ।

उसको आणविक र क्षेप्यास्त्र कार्यक्रमका कारण संयुक्त राष्ट्र सङ्घ र अन्यको नाकाबन्दी सामना गरिरहेको भएपनि यो वर्षको सुरुतिर उत्तर कोरियाले उसको छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने काम पुन: सुरु गरेको थियो।

र यो हप्ताको सुरुमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्ध सेना प्रयोग गर्ने अधिकार अमेरिकासँग रहेको भनाइ सार्वजनिक गरेपछि उत्तर कोरियाले एक वर्षभन्दा बढी समयपछि राष्ट्रपति ट्रम्पविरुद्ध मौखिक आक्रमण गरेको थियो ।

विश्लेषकहरूको विश्वास छ, उत्तर कोरियाले अमेरिकाबाट केही सुविधाहरू पाएन भने उसले अन्तरिक्ष स्याटेलाइट प्रक्षेपण गर्नेछ। यसले अर्कालाई उत्तेजित पार्ने लामो दूरीको ब्यालिष्टिक क्षेप्यात्र प्रक्षेपण भन्दा कम उत्तेजित पार्ने उसको रकेट क्षमता प्रदर्शन गर्न बाटो खुला हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ०५ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र