सिक्टा सिँचाइको पानी नेपालगञ्जको राँझा पुग्यो « Khabarhub

सिक्टा सिँचाइको पानी नेपालगञ्जको राँझा पुग्यो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज–सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो ।

त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै सुरुमा एक घनमिटर पानी चलाइएको थियो भने हाल दुई सय घनमिटर पानी सञ्चालन भइरहेको सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीले जानकारी दिए ।

यसअघि १९ कात्तिकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सिक्टा सिंचाइ आयोजनाको निरीक्षण गरेका थिए । उनले तत्काल नहर मर्मत गरी पानी सञ्चालन गर्न निर्देशन दिएका थिए ।

४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउनउने लक्ष्य राखिएको आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ। हाल पानी सञ्चालनमा आएपछि ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ५२ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल