कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो | Khabarhub Khabarhub

कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी भएको छ ।

अवस्थालाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

आइतबार विहान ना२ख ९४५९ नम्बको ट्रकले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृत्रि चन्दलाई विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो । आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन् ।

प्रदर्शनकारीसँगको झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन् ।

तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् ।

घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : ५० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने