कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो « Khabarhub

कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी भएको छ ।

अवस्थालाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

आइतबार विहान ना२ख ९४५९ नम्बको ट्रकले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृत्रि चन्दलाई विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो । आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन् ।

प्रदर्शनकारीसँगको झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन् ।

तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् ।

घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : ५० बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा