कानको लोती चुडालेर चोरले लगे झुम्का, पति–पत्नीमाथि कुटपिट « Khabarhub

कानको लोती चुडालेर चोरले लगे झुम्का, पति–पत्नीमाथि कुटपिट


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चोरी गर्न घरमा पसेका चोरको समूहले कुटपिट गर्दा दुई जना घाइते भएका छन् ।

पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा बुधबार बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो । सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते दम्पत्तिको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको छ। उनीहरुको साथबाट रिङ् र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ । पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : ३१ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार