सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर | Khabarhub Khabarhub

सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समिति अन्र्तगतको उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतको सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर गरेको छ ।

प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको वाइडवडी विमान खरिद प्रकरणको छानविन गर्न गठित उपसमितिले अध्ययनका क्रममा सार्वजनिक खरिद कार्यालयको काम कारवाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो ।

वाइडवडी विमान खरिद प्रक्रियासंग जोडिएका संघ संस्था र निकायसंगको छलफल र अनुगमनको क्रममा उपसमितिले सार्वजननिक खरिद कार्यालय स्रोत साधनको चरम अभावमा रहेको र सोही कारण प्रभावकारी ढंगले काम गर्न नसकेको फेला पारेको हो । सार्वजनिक खरिदका विषयमा नयाँ ऐन आवश्यक रहेको वा संसोधन गर्नुपर्ने तथा नीतिगत अन्य परिर्वतनका सामान्य विषयमा पनि समितिले गृहकार्य नगरेको पाइएको उपसमिति संयोजक दिपक भट्टले बताए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा उपसमितिले वाइडवडी विमान खरिद सम्बन्धमा तयार पारेको अध्ययन प्रतिवेदन समिति सभापतिलाई हस्तान्तरण गरेको छ ।

समितिको बुधबारकै बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया र भियतनाम भ्रमणबारे समितिलाई जानकारी गराए ।

भियतनाम भ्रमणबाट त्यहाँको आर्थिक विकासको गतिबारे जानकारी लिनुको साथै दुईमुलकबीच प्रत्यक्ष हवाईसेवा जोड्ने तथा दुवै देशका कुटनीतिक र सरकारी राहदानी वहाकहरुलाई भिषा फ्रि गर्ने लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकमा समिति सदस्य भीम रावलले बेलायती गोर्खा सैनिकहरु र नेपालको सिमा क्षेत्र सुरक्षाका विषयमा यसअघि गरेको निर्देशन कार्यान्वयबारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा धारणा राख्ने समिति सदस्यहरुले अन्तराष्ट्रिय सम्बन्धका बारेमा आएका सुझावलाई सत्ता पक्ष र प्रतिपक्ष दलको रुपमा नहेरी राष्ट्रहितको रुपमा लिएर कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ४१ बजे

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली