सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर « Khabarhub

सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समिति अन्र्तगतको उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतको सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर गरेको छ ।

प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको वाइडवडी विमान खरिद प्रकरणको छानविन गर्न गठित उपसमितिले अध्ययनका क्रममा सार्वजनिक खरिद कार्यालयको काम कारवाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो ।

वाइडवडी विमान खरिद प्रक्रियासंग जोडिएका संघ संस्था र निकायसंगको छलफल र अनुगमनको क्रममा उपसमितिले सार्वजननिक खरिद कार्यालय स्रोत साधनको चरम अभावमा रहेको र सोही कारण प्रभावकारी ढंगले काम गर्न नसकेको फेला पारेको हो । सार्वजनिक खरिदका विषयमा नयाँ ऐन आवश्यक रहेको वा संसोधन गर्नुपर्ने तथा नीतिगत अन्य परिर्वतनका सामान्य विषयमा पनि समितिले गृहकार्य नगरेको पाइएको उपसमिति संयोजक दिपक भट्टले बताए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा उपसमितिले वाइडवडी विमान खरिद सम्बन्धमा तयार पारेको अध्ययन प्रतिवेदन समिति सभापतिलाई हस्तान्तरण गरेको छ ।

समितिको बुधबारकै बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया र भियतनाम भ्रमणबारे समितिलाई जानकारी गराए ।

भियतनाम भ्रमणबाट त्यहाँको आर्थिक विकासको गतिबारे जानकारी लिनुको साथै दुईमुलकबीच प्रत्यक्ष हवाईसेवा जोड्ने तथा दुवै देशका कुटनीतिक र सरकारी राहदानी वहाकहरुलाई भिषा फ्रि गर्ने लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकमा समिति सदस्य भीम रावलले बेलायती गोर्खा सैनिकहरु र नेपालको सिमा क्षेत्र सुरक्षाका विषयमा यसअघि गरेको निर्देशन कार्यान्वयबारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा धारणा राख्ने समिति सदस्यहरुले अन्तराष्ट्रिय सम्बन्धका बारेमा आएका सुझावलाई सत्ता पक्ष र प्रतिपक्ष दलको रुपमा नहेरी राष्ट्रहितको रुपमा लिएर कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ४१ बजे

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी