उपेन्द्रसँगको एकतापछि बाबुराम समूहमा असन्तुष्टि, १५ नेताको गोप्य बैठक « Khabarhub

उपेन्द्रसँगको एकतापछि बाबुराम समूहमा असन्तुष्टि, १५ नेताको गोप्य बैठक


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गरेको तीन दिन वित्न नपाउँदै पूर्व नयाँ शक्ति पार्टीमा असन्तुष्टि देखिएको छ ।
असन्तुष्ट समूहका नेताहरुले बुधबार विहान ललितपुरमा भेला गरेका छन् ।

नयाँ शक्ति पार्टीका नेता मदन राईको निवासमा बसेको असन्तुष्टहरुको बैठकमा कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, भक्तबहादुर शाह, सोना स्याङताङ लगायतका १५ जना नेता सहभागी थिए ।

उनीहरुले समाजवादी फोरमसँगको एकताबारे पार्टीमा छलफल नभएको, समावेशी नभएको लगायतका आरोप लगाएका छन् ।
‘पार्टी पारिवारीक पार्टी जस्तो भयो, पारदर्शीता भएन, विभेदको अन्त्य भएन’ बैठकमा सहभागी मदन राईले भने,‘आसेपासेलाई स्याहार्ने कांग्रेस कम्युनिस्ट जस्तो पार्टीमा रुपान्तरित भएकोमा हामी दुःखी छौं ।’

उनले यस्तो गतिविधिबाट पार्टीलाई सुधार गर्न डा. भट्टराई र उपेन्द्र यादवलाई आग्रह गर्दै पत्रबुझाउने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘अर्को दल बनाउने भन्दा पनि यसलाई सुधारका लागि हामी केही सुझाव पार्टी नेतृत्वलाई दिन्छौं’ असन्तुष्ट नेता राईले भने,‘आज साँझ डा. भट्टराई, उपेन्द्रजी र अशोक राईलाई हामी सुझावसहितको पत्र दिन्छौं ।

भेलामा पार्टी एकताबारे नयाँ शक्तिको बैठकमा छलफल नगरेको, उपेन्द्रको पार्टीसँग एकता नभइ विलय गराएको, परिवारवाद हावी भएको लगायका विषयमा नेताहरुले असन्तुष्टि राखेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ०९ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको