अमेरिकी तल्लो सदबाट ताइवानलाई समर्थन गर्ने प्रस्ताव पारित, चीन क्रुद्ध « Khabarhub

अमेरिकी तल्लो सदबाट ताइवानलाई समर्थन गर्ने प्रस्ताव पारित, चीन क्रुद्ध


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभले ताइवानलाई समर्थन गर्ने एक प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

हाउस अफ रिप्रेजेन्टेटिभले पारित गरेको प्रस्तावमा निरन्तर चीनको दबाब खेपिरहेको ताइवानको सुरक्षाका लागि रक्षा खर्च बढाउन आह्वान गरिएको छ ।

ताइवानको रक्षाका लागि अमेरिकाले ताइवानलाई रक्षा उपकरण तथा हतियारको विक्रीसमेत जारी राख्ने विज्ञप्तिमा जनाइएको छ । त्यसबाहेक अमेरिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा ताइवानको सहभागितालाई सुनिश्चित गर्न सक्दो प्रयास गर्ने समेत जनाइएको छ ।

उक्त गैर बाध्यकारी प्रस्ताव हाउसले ४१४ का विरुद्ध शून्य मतले पारित भएको हो । यद्यपि ‘ताइवान असुरेन्स एक्ट २०१९’ नाम दिइएको उक्त प्रस्ताव माथिल्लो सदन सिनेटमा मतदानका लागि आउने वा नआउने भने स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी कंग्रेसको पछिल्लो कदमको ताइवानको विदेश मन्त्रालयले स्वागत गरेको जनाएको छ । ताइवानी विदेशमन्त्रालयले यो ताइवान–अमेरिका द्विपक्षीय सम्बन्ध तथा सहकार्यका लागि सकारात्मक कदम भएको भन्दै आगामी दिनमा पनि ताइवान अमेरिकासँग हातेमालो गर्न नयार रहेको जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो मुलुकको एक हिस्सा मान्दै आएको छ । मुख्य भूमिसँगको एकीकरणका लागि चीनले ताइवानमाथि सैनिक आक्रमण नै गर्नसक्ने विकल्प सदैव खुला रहेको जनाउँदै आएको छ ।

एक चीन नीति मान्दै आएको अमेरिका र ताइवानबीच औपचारिक सम्बन्ध नभएपनि अनौपचारिक तवरबाट अमेरिकाले ताइवानसँग व्यापार गर्दै आएको छ भने ताइवानलाई भारी मात्रामा हतियार पनि उपलब्ध गराउँदै आएको छ ।

यता चीनले भने अमेरिकी कंग्रेसको कदमको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्रालयले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै यो प्रस्ताव रोकिनुपर्ने जनाएको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापारिक विषयमा तनाव उत्कर्षमा रहेका बेला अमेरिकाले ताइवानलाई समर्थन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : १७ बजे

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान

साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित

काठमाडौँ – बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६