सभामुखबारे देउवाको टिप्पणी – कमजोर, डरपोक र कातर ! « Khabarhub

सभामुखबारे देउवाको टिप्पणी – कमजोर, डरपोक र कातर !


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले व्यवस्थापिका देखि न्यायपालिकासम्म कम्युनिस्ट सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।

बुधबारबाट शुरु नेपाली कांग्रेसको जागरण अभियानका क्रममा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले त्यसको विरुद्ध नेपाली कांग्रेस लड्ने बताए ।

आफूहरु कुर्सी रेलिङ भाच्ने प्रतिपक्षी नभएको भन्दै कांग्रेस सभापति देउवाले संसदीय भाषा र मर्यादामा प्रधानन्त्री नरहेको बताए ।

मंगलबार प्रधानमन्त्रीले संसदमा गैर संसदीय भाषा बोल्दा आफूहरुले विरोध गर्दा त्यसलाई सभामुखले वेवास्ता गरेको आरोप लगाए ।

‘हिजो संसदमा प्रधानन्त्रीले गैर संसदीय भाषा बोले, हामीले विरोध गरेउ, सभामुखलाई हामीले भन्योैं, गैर संसदीय शव्द हटाउन माग गरेउ तर उनले सकेनन्’ सभापति देउवाले भने,‘नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक कातर सभामुख थिएनन्, उनी पहिलो हुन् ।’

यसअघिका सभामुखले प्रतिपक्षीको भूमिकालाई महत्व दिने गरेको भन्दै उनले सदन प्रतिपक्षीको र सरकार सत्तापक्षको भन्ने चलन विश्वव्यापी रहेको बताए ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेको प्रति कटाक्ष गर्दै देउवाले भने,‘रास्ष्ट्रपतिले मरो सरकार भनिन्, यस अघि गत वर्ष पनि भनेकी थिइनन्, रामवरण यादवले पनि भनेका थिएनन्,अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परो ?’ गणतन्त्र आइसकेपछि नेपाल सरकार भन्ने परम्परा बसिसकेको भन्दै देउवाले त्यसलाई परिवर्तन गर्न नखोज्न सरकारलाई चेतावनी दिए । उनले भने के अब,‘हर मजेस्टि विद्या भण्डारी भन्ने ?’

उनले कम्युनस्टि नेतृत्वको वर्तमान सरकारको नियत नै अधिनायकवादी भएको भन्दै भने,‘अहिले कस्तो भयो कम्युनिस्टको नियत, बेलाती महारानी भन्दा बढ्ता भइसक्यो, प्रधानमन्त्री जे पायो तेही बोल्छन् । सभामुख निरिह भइसके ।’

‘कम्युनिस्ट शासन खाएपछि यस्तै हुन्छ, बोल्ने लेख्ने अधिकारमाथि हस्तक्षेप हुन्छ’ देउवाले भने ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ४ : ०० बजे

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री