नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण, २ सय ४३ स्तम्भ बनाउन बाँकी « Khabarhub

नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण, २ सय ४३ स्तम्भ बनाउन बाँकी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रदेश १ स्थित नेपाल-भारत सीमा क्षेत्रमा १७९ वटा नयाँ स्तम्भ निर्माण कार्य सम्पन्न भएको छ ।

सुनसरी मोरङ र झापामा अझै २४३ स्तम्भ निर्माण गर्न बाँकी छन् । शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको दोस्रो बैठकमा यस्तो जानकारी दिइएको राजधानी दैनिकमा खबर छ ।

बैठकमा नेपालबाट सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलगायतका सुरक्षा निकायका प्रमुख, वन र नापी कार्यालयका प्रमुखको सहभागिता थियो ।

भारततर्फबाट सुपौल र अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकायका प्रमुखलगायत वन र नापी कार्यालयका प्रमुखको बैठकमा सहभागिता थियो ।

बैठकका विषयमा जानकारी दिँदै मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नयाँ सीमा स्तम्भ निर्माणका क्रममा आएका समस्याका विषयमा छलफल भएको बताए ।

उनले मेची नदीमा परीक्षणका लागि निर्माण गरिएका पाँचवटा स्तम्भमा वर्षाले कुनै क्षति नभए नदी क्षेत्रको सीमा विवाद सधैंका लागि समाधान हुने बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुशार सीमा मिचिएको विषयमा समेत वैठकमा छलफल भएको छ ।

केही क्षेत्रमा किसानहरूले दशगजा मिचेर खेतीपाति गरेको र घर निर्माण गरेर बसोबास गरिरहेको विषयमा छलफल भएको छ ।

यद्यपी नेपालको डिजिटल नक्सा निर्माण भइसकेकोले जुनसुकै बेला मिचिएको क्षेत्र निकाल्न सक्ने अवस्था रहेको उनले बताए ।

नापी विभागका नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर १ का प्रमुख शिबप्रसाद लम्सालका अनुशार सुनसरी, मोरङ र झापाको सीमामा निर्माण गर्नुपर्ने स्तम्भमध्ये जमिनमा यसअघि नै निर्माण भइसकेको र बाँकी केही जमिनमा र नदीहरूमा आपूmहरूले निर्माण गरेको बताए ।

ठूला नदी बाहेकका बिजोड नम्बरको स्तम्भ नेपाल पक्षले र जोडा नम्बरको स्तम्भ भारत पक्षले निर्माण गर्ने व्यवस्था रहेको बताउँदै उनले नेपालले १०६ र भारतीय पक्षले ७३ वटा स्तम्भ निर्माण कार्य सम्पन्न गरेको छ ।

यस्तै नेपालले १६ र भारतले २६ वटा स्तम्भको मर्मत कार्य सम्पन्न गरेका छन् । ठूला नदीको हकमा भने जोर र बिजोर दुवै स्तम्भ भारतीय पक्षले नै निर्माण गर्ने व्यवस्था रहेको लम्सालले बताए ।

मेची नदीमा भने यस वर्ष परीक्षणका लागि पाँचवटा स्तम्भ निर्माण गरिएको छ । वर्षाले ती स्तम्भमा कुनै क्षति नभए आउँदो आर्थिक वर्षबाट मेचीदेखि महाकालीसम्मका सवै ठूला नदीमा स्तम्भ निर्माण हुने लम्सालले बताए ।

उनका अनुशार सुनसरी, मोरङ र झापामा मात्र २४३ वटा नयाँ स्तम्भ निर्माण गर्न बाँकी छन् । जसमध्ये सुनसरीको सीमामा २४, मोरङमा १० र झापामा २०९ वटा छन् । सुनसरी र मोरङमा भारतीय पक्षले र झापामा दुवै पक्षले निर्माण गर्न बाँकी रहेको उनले सुनाए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ६ : ३१ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख