राजपा नेपाल अध्यक्षमा महतो र ठाकुर भिड्दै, २५ पदाधिकारीसहित केन्द्रीय कमिटी १७१ सदस्यीय « Khabarhub

राजपा नेपाल अध्यक्षमा महतो र ठाकुर भिड्दै, २५ पदाधिकारीसहित केन्द्रीय कमिटी १७१ सदस्यीय


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) आगामी महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय भएको छ । पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएका राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेको राजधानी दैनिकमा खबर छ ।

पार्टीको विधान संशोधन गर्दै वडा तहदेखि केन्द्रसम्म दुईपटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था छ । यसअघि वडादेखि केन्द्रसम्म अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा त्यसलाई खारेज गर्दै आगामी महाधिवेशनबाट एकल नेतृत्वमा पार्टी जान लागेको हो ।

राजपा नेपाल अध्यक्ष मण्डलका पूर्वसंयोजक शरतसिंह भण्डारीले एकता महाधिवेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणाली नभई अध्यक्षीय व्यवस्थाअनुसार हुने बताए । २८, २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

पार्टीको विधानको ‘धारा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकामा अब उप्रान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अघि बढ्ने व्यवस्था हुनेछ’ भन्ने संशोधन भइसकेको छ ।

७ वैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका विभिन्न ६ मधेसवादी दलबीच एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो । ती ६ वटै दलका संयोजकहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन् । अहिलेसम्म पार्टी चक्रीय प्रणालीअनुसार आलोपालो अध्यक्ष हुने व्यवस्था रहेकामा महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाँदै छ ।

लोकसेवा विज्ञापन रोक्न सांसदको माग शीर्षकको अर्को समाचार छापेको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको कर्मचारी भर्ना विज्ञापन समावेशी नभएको भन्दै व्यापक विरोध भइरहेको समयमा संसदीय समितिका बहुमत सदस्यले विज्ञापन रोक्न माग गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले ५१५ स्थानीय तहका विभिन्न पदमा ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो ।

लोकसेवाले संविधानको मर्म र भावनाअनुसार समावेशीलाई ख्याल नगरी विज्ञापन निकालेको भन्दै सत्तरूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद, समाजवादी पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै राष्ट्रिय जनता पार्टीका सांसदले विरोध गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिका बहुमत सदस्य विज्ञापन रोक्नुपर्ने पक्षमा देखिएका हुन् ।

मन्त्रिपरिषद् बैठकद्वारा चार देशका राजदूत सिफारिस शीर्षकमा छापेको समाचारमा मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको हो ।

नाम सिफारिस हुनेहरूमा अस्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्र रहेका छन् ।

लक्की शेर्पाले राजीनामा दिएपछि अस्ट्रेलियामा राजदूत पद रिक्त थियो । अन्य देशमा समेत विभिन्न कारणले राजदूत पद रिक्त रहँदै आएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : १८ बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी