वैदेशिक रोजगारीमा जाने युवामा बाँझोपनको समस्या–डा. रिजाल « Khabarhub

वैदेशिक रोजगारीमा जाने युवामा बाँझोपनको समस्या–डा. रिजाल


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालले नेपालमा उपचार गरेर पनि सन्तान नभएका दम्पतीको लागि सरोगेसी गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेपालमा सरोगेसीको व्यवस्था नहुँदा धेरै दम्पतीले सन्तानको सुख नपाएकालाई सन्दर्भ सन्तान सुखको अधिकार दिन सरोगेसी गर्न पाउने व्यवस्था गरिनुपर्ने उनले बताए ।

‘उपचार सेवाबाट पनि सन्तान सुख नपाएका दम्पत्तिलाई सन्तान खुसीको अधिकार दिन अब हामीले सरोगेसीको लिगल डकुमेन्ट बनाएर, नेपालीले नेपालीको लागि सरोगेसीको व्यवस्था गरिनुपर्छ’ डा रिजालले भने ।

सरोगेसी भनेको पाठेघर नै नभइ सन्तान जन्माउन नसक्ने अवस्थामा अन्य महिलाको कोखमार्फत सन्तान जन्माउनु हो । नेपालमा केही वर्ष अघि सरोगेसीद्वारा सन्तान जन्माउने दम्पत्तिहरू थिए । तर यो व्यवस्थाले विदेशीले समेत नेपालका महिलाहरूको कोख भाडामा लिने कार्य बढेपछि सर्वोच्चले नै नेपालमा सरोगेसी गर्न नपाइने फैसला गरेको थियोे ।

फर्टिलिटी सोसाइटी अफ नेपालको आयोजनामा काठमाडौ मा भएको एक कार्यममा संस्थाका अध्यक्ष समेत रहेका डाक्टर रिजालले नेपालमा निसन्तानको समस्यामा रहेका दम्पतीको संख्या १२ देखि १५ प्रतिशत रहेको बताए । र, धेरैलेउपचारबाट पनि सन्तान सुख प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

डा रिजालका अनुसार ३३ प्रतिशत महिला र ३३ प्रतिशत पुरूष र ३३ प्रतिशत महिला पुरूष दुबैमा हुने प्रजनन समस्याका कारण दम्पत्ति निसन्तान हुने गरेका छन् । महिलाहरूमा पाठेघर र नलिमा हुने समस्याका कारण सन्तान नहुने सम्भावना हुन्छ ।

त्यस्तै वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने पुरूषहरूमा उच्च तापक्रमका कारण शुक्रकिट उत्पादनमा हुने समस्याले नेपालमा बाझोपन बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । डा रिजालका अनुसार विदेशमा काम गर्ने पुरूषमा उच्च तापक्रमले गर्दा शुक्रकिट उत्पादनमा ५० प्रतिशतसम्म कमी आउने गरेको छ ।

उनका अनुसार विदेशीने नेपालीको संख्या बढ्दै जानेको हो भने पुरूषमा सन्तान उत्पादन क्षमता अझै घट्न सक्ने देखिएको छ । यस्तै ३५ देखि ४० वर्ष माथिका महिलाहरुमा अण्डाको मात्रा घट्दै जादा बाझोपनको समस्या बढ्ने भएकाले महिलाले ३० वर्ष पुग्नुअघि आमा बन्नु उपयुक्त हुने डा रिजालको भनाइ छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : २३ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा