इराकले बुझायो खाडी युद्धमा मारिएका कुवेतीको अवशेष « Khabarhub

इराकले बुझायो खाडी युद्धमा मारिएका कुवेतीको अवशेष


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत सिटी– सन् १९९१ मा भएको खाडी युद्धका क्रममा हराइरहेका ४८ कुवेती नागरिकको अवशेष इराकले कुवेतलाई हस्तान्तरण गरेको छ ।

कुवेती झण्डा ओढाइएका काठका बाकसमा उनीहरुको अवशेष कुवेतसमक्ष हस्तान्तरण गरिएको हो । गत मार्च महिनामा समावा शहरभन्दा १७० किलोमिटर पश्चिममा फेला परेको सामूहिक चिहानमा उनीहरुको अवशेष फेला परेको र आवश्यक परीक्षण पछि उनीहरु कुवेती नागरिक भएको पुष्टि भएपछि कुवेतसमक्ष हस्तान्तरण गरिएको इराकी अधिकारीले जनाएका छन् ।

सन् २००३ मा अमेरिकाले इरकविरुद्ध आक्रमण गरी सद्दाम हुसैनलाई सत्ताच्यूत गरेपछि इराकले कुवेतसमक्ष कुवेती नागरिकको अवशेष हस्तान्तरण गरेको यो पहिलो घटना हो । इराक सरकारले खाडी युद्धमा हराइरहेका कुवेती नागरिकहरुको अवशेषको खोजी गरी त्यसलाई कुवेतसमक्ष हस्तान्तरण गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

सन् १९९१ मा इराकले कुवेतमा आक्रमण गरी ७ महिनासम्म कब्जा गरेको थियो । त्यसबेला कुवेतबाट ६ सय ५ जना बेपत्ता पारिएको कुवेतको भनाइ थियो । खाडी युद्धका क्रममा अमेरिकाले कुवेतको साथ लिई इराकविरुद्ध आक्रमण गरेपछि इराकले कुवेत छाड्नु परेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ५१ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा