शिल्पा पोखरेलको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै « Khabarhub

शिल्पा पोखरेलको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै


२२ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म निर्माता छबि ओझाकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च पुगेकी शिल्पाको रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो ।

शिल्पाले दायर गरेको निषेधाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्दै भदौ १ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले शिल्पासहित उनका पति छबिविरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश दिएको थियो ।

आफूविरुद्ध पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध शिल्पाले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् ।

तर, उच्च अदालत पाटनले शिल्पाको माग बमोजिम निषेधाज्ञा जारी गर्न मानेन् । उच्च अदालत पाटनले निषेधाज्ञा दिन अस्वीकार गरेपछि शिल्पाले २९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

प्रारम्भिक सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अन्तरिम आदेश जारी गरेपछि शिल्पाले दायर गरेको रिट आइतबारसहित गरी २ पटक पेशीमा चढिसकेको छ ।

आइतबार अघि न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिए पनि हेर्न नभ्याइने भन्दै सुनुवाइ भएको थिएन ।

प्रकाशित मिति : २२ भदौ २०७६, आइतबार  १ : ३० बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा