शिल्पा पोखरेलको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै « Khabarhub

शिल्पा पोखरेलको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म निर्माता छबि ओझाकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च पुगेकी शिल्पाको रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो ।

शिल्पाले दायर गरेको निषेधाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्दै भदौ १ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले शिल्पासहित उनका पति छबिविरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश दिएको थियो ।

आफूविरुद्ध पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध शिल्पाले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् ।

तर, उच्च अदालत पाटनले शिल्पाको माग बमोजिम निषेधाज्ञा जारी गर्न मानेन् । उच्च अदालत पाटनले निषेधाज्ञा दिन अस्वीकार गरेपछि शिल्पाले २९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

प्रारम्भिक सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अन्तरिम आदेश जारी गरेपछि शिल्पाले दायर गरेको रिट आइतबारसहित गरी २ पटक पेशीमा चढिसकेको छ ।

आइतबार अघि न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिए पनि हेर्न नभ्याइने भन्दै सुनुवाइ भएको थिएन ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : ३० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग