१२ बुँदे समझदारीमा भारतको कुनै संलग्नता छैन– नेता नेपाल « Khabarhub

१२ बुँदे समझदारीमा भारतको कुनै संलग्नता छैन– नेता नेपाल


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालिन राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाइको कडा प्रतिवाद गरे ।

लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आइतवार काठमाडौंमा विमोचन गर्दै नेता नेपालले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको बताए ।

सो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहिका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई सहभागी गराउन आफ्नो मुख्य भूमिका रहेको नेता नेपालको भनाइ छ ।

नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि प्रचण्ड सो समझदारीका लागि दिल्ली आएको खुलासा गरे ।

तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए ।

सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालले असन्तुष्टि जनाए नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र बिद्रोही माओवादीको तर्फबाट डा बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको बताए ।

शौचालयमा भित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको दाबी छ ।

केहीले तत्कालिन विद्रोही नेकपा माओवादी र सात राजनीतिक दलबीच भारतमा भएको १२ बुँदै सहमति भारतको इशारामा भएको भन्दै टिप्पणी गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ४ : ३४ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले