ब्याइफ्रेण्डबारे अहिले केही नबौलौं होला: वर्षा शिवाकोटी « Khabarhub

ब्याइफ्रेण्डबारे अहिले केही नबौलौं होला: वर्षा शिवाकोटी


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीले अभिनय गरेका फिल्म व्यावसायिक रुपमा हिट भएनन् । पछिल्लो समय उनी निर्देशक मिलन चाम्सका फिल्ममा दोहोरिएकी थिइन् ।

अहिले भने चाम्स र वर्षाको सम्बन्धमा खटपट परेको फिल्म जगतमा हल्ला छ । लामो समयदेखि चाम्स र वर्षा प्रेम सम्बन्धमा रहेको गसिप चले पनि दुवैले यो हल्ला मात्र भएको बताउँदै आएका थिए । स्रोतले भने वर्षालाई निर्देशक चाम्सले मन पराउने दाबी गर्दै आएको छ ।

गसिपका बीच यता वर्षा शिवाकोटीले भने अमेरिकामा बस्दै आएका सविनजंग थापासँग प्रेममा रहेको खबर बाहिर आएको छ । त्यसो त सेलिब्रेटीहरु प्रेममा रहेको खबर आउनु नौलो होइन । तर, वर्षा केही समयअघि प्रेमीलाई भेट्नकै लागि अमेरिका गएकी थिइन् ।

वर्षा अमेरिका हुँदा आफूसँग घुमघाम गरेका तस्वीर सविनले सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । उक्त तस्वीरमा वर्षालाई पनि खुशी भावमा देख्न सकिन्छ ।

यता केही समयको बसाइपछि नेपाल फर्केकी वर्षाले आफ्नो ब्यायफ्रेण्डका बारेमा बोल्नै चाहिनन् । खबरहबसँगको सम्पर्कमा आएकी वर्षाले यो बारेमा आफूले कुनै प्रतिक्रिया दिन नचाहेको बताइन् ।

‘यसबारेमा अहिले केही नबोलौँ होला,’ वर्षाले भनिन् ।

यद्यपि वर्षाले सविनलाई आफ्नो साथी मात्र भएको बताएकी थिइन् । रमाइलो कुरा त के छ भने वर्षा अमेरिका हानिएपछि मिलन चाम्सले नायिका चाहिएको भन्दै एक पोस्ट गरेका थिए । तर, उक्त पोस्टमा न फिल्मको नाम थियो, न त फिल्म बन्ने भन्नेबारे कुनै चर्चा नै थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : ४७ बजे

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।