ब्याइफ्रेण्डबारे अहिले केही नबौलौं होला: वर्षा शिवाकोटी « Khabarhub

ब्याइफ्रेण्डबारे अहिले केही नबौलौं होला: वर्षा शिवाकोटी


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीले अभिनय गरेका फिल्म व्यावसायिक रुपमा हिट भएनन् । पछिल्लो समय उनी निर्देशक मिलन चाम्सका फिल्ममा दोहोरिएकी थिइन् ।

अहिले भने चाम्स र वर्षाको सम्बन्धमा खटपट परेको फिल्म जगतमा हल्ला छ । लामो समयदेखि चाम्स र वर्षा प्रेम सम्बन्धमा रहेको गसिप चले पनि दुवैले यो हल्ला मात्र भएको बताउँदै आएका थिए । स्रोतले भने वर्षालाई निर्देशक चाम्सले मन पराउने दाबी गर्दै आएको छ ।

गसिपका बीच यता वर्षा शिवाकोटीले भने अमेरिकामा बस्दै आएका सविनजंग थापासँग प्रेममा रहेको खबर बाहिर आएको छ । त्यसो त सेलिब्रेटीहरु प्रेममा रहेको खबर आउनु नौलो होइन । तर, वर्षा केही समयअघि प्रेमीलाई भेट्नकै लागि अमेरिका गएकी थिइन् ।

वर्षा अमेरिका हुँदा आफूसँग घुमघाम गरेका तस्वीर सविनले सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । उक्त तस्वीरमा वर्षालाई पनि खुशी भावमा देख्न सकिन्छ ।

यता केही समयको बसाइपछि नेपाल फर्केकी वर्षाले आफ्नो ब्यायफ्रेण्डका बारेमा बोल्नै चाहिनन् । खबरहबसँगको सम्पर्कमा आएकी वर्षाले यो बारेमा आफूले कुनै प्रतिक्रिया दिन नचाहेको बताइन् ।

‘यसबारेमा अहिले केही नबोलौँ होला,’ वर्षाले भनिन् ।

यद्यपि वर्षाले सविनलाई आफ्नो साथी मात्र भएको बताएकी थिइन् । रमाइलो कुरा त के छ भने वर्षा अमेरिका हानिएपछि मिलन चाम्सले नायिका चाहिएको भन्दै एक पोस्ट गरेका थिए । तर, उक्त पोस्टमा न फिल्मको नाम थियो, न त फिल्म बन्ने भन्नेबारे कुनै चर्चा नै थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : ४७ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार