साम्राज्ञीलाई सिम्पल स्टाइल पर्न थालेको हो ? « Khabarhub

साम्राज्ञीलाई सिम्पल स्टाइल पर्न थालेको हो ?


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बोल्ड नायिकाका रुपमा लिने गरिन्छ । सामाजिक सञ्जालमा हट तस्वीर अपलोड गर्ने कारण पनि साम्राज्ञी फ्यानको मनमा बस्न सफल छिन् ।

कहिलेकाहीँ त सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड अवतारले उनलाई विवादमा समेत ल्याउने गर्थ्यो । किनकि, उनले ‘हट’ तस्वीर प्राय: शेयर गर्ने गर्थिन् ।

पछिल्लो समय भने साम्राज्ञीलाई निकै सरल पहिरनमा देख्न थालिएको छ । केही महिनाअघि उनले अभिनय गरेका दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आए ।

यी दुवै फिल्म व्यावसायिक रुपमा असफल भएपछि साम्राज्ञीले यतिबेला कुनै फिल्म साइन गरेकी छैनिन् । शायद उनी आफ्नो डुब्न सक्ने करिअर जोगाउने स्कृिप्टको खोजीमा छिन् ।

उनलाई माधव वाग्लेले निर्देशन गर्ने फिल्म ‘पारस’ बाट पनि अफर आएको चर्चा थियो । तर साम्राज्ञीले फिल्म खेल्नेबारे कुनै खबर बाहिर आएको छैन । आफूले आशा गरेका दुवै फिल्म व्यावसायिक रुपमा असफल हुँदा नैतिक रुपमा पनि असर परेको छ साम्राज्ञीलाई । त्यसैले उनी थप सचेत छिन् ।

सामाजिक सञ्जालमा बिकिनी अवतारमा सजिने साम्राज्ञीले पछिल्लो समय भने शरीर छोप्ने पूरै कपडा लगाएका तस्वीर अपलोड गर्ने गर्छिन् ।

पछिल्लो समय व्यवसायी देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञीले इन्डोनेसियाको बाली घुम्न जाँदा समुद्री किनारामा खिचाएका तस्वीरले विवादमा ल्याएका थिए । बिकिनी अवतारका ती तस्वीरमा देवांशले साम्राज्ञीलाई शरीरका विभिन्न भागमा चुमेका थिए । यी तस्वीरपछि साम्राज्ञीले निकै विवाद झेल्नुपर्‍यो ।

शायद यसैको प्रभाव हुनुपर्छ, साम्राज्ञी पछिल्लो समय बिल्कुलै फरक रुपमा प्रस्तुत हुन थालेकी छिन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ३५ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त