साम्राज्ञीलाई सिम्पल स्टाइल पर्न थालेको हो ? « Khabarhub

साम्राज्ञीलाई सिम्पल स्टाइल पर्न थालेको हो ?


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बोल्ड नायिकाका रुपमा लिने गरिन्छ । सामाजिक सञ्जालमा हट तस्वीर अपलोड गर्ने कारण पनि साम्राज्ञी फ्यानको मनमा बस्न सफल छिन् ।

कहिलेकाहीँ त सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड अवतारले उनलाई विवादमा समेत ल्याउने गर्थ्यो । किनकि, उनले ‘हट’ तस्वीर प्राय: शेयर गर्ने गर्थिन् ।

पछिल्लो समय भने साम्राज्ञीलाई निकै सरल पहिरनमा देख्न थालिएको छ । केही महिनाअघि उनले अभिनय गरेका दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आए ।

यी दुवै फिल्म व्यावसायिक रुपमा असफल भएपछि साम्राज्ञीले यतिबेला कुनै फिल्म साइन गरेकी छैनिन् । शायद उनी आफ्नो डुब्न सक्ने करिअर जोगाउने स्कृिप्टको खोजीमा छिन् ।

उनलाई माधव वाग्लेले निर्देशन गर्ने फिल्म ‘पारस’ बाट पनि अफर आएको चर्चा थियो । तर साम्राज्ञीले फिल्म खेल्नेबारे कुनै खबर बाहिर आएको छैन । आफूले आशा गरेका दुवै फिल्म व्यावसायिक रुपमा असफल हुँदा नैतिक रुपमा पनि असर परेको छ साम्राज्ञीलाई । त्यसैले उनी थप सचेत छिन् ।

सामाजिक सञ्जालमा बिकिनी अवतारमा सजिने साम्राज्ञीले पछिल्लो समय भने शरीर छोप्ने पूरै कपडा लगाएका तस्वीर अपलोड गर्ने गर्छिन् ।

पछिल्लो समय व्यवसायी देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञीले इन्डोनेसियाको बाली घुम्न जाँदा समुद्री किनारामा खिचाएका तस्वीरले विवादमा ल्याएका थिए । बिकिनी अवतारका ती तस्वीरमा देवांशले साम्राज्ञीलाई शरीरका विभिन्न भागमा चुमेका थिए । यी तस्वीरपछि साम्राज्ञीले निकै विवाद झेल्नुपर्‍यो ।

शायद यसैको प्रभाव हुनुपर्छ, साम्राज्ञी पछिल्लो समय बिल्कुलै फरक रुपमा प्रस्तुत हुन थालेकी छिन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ३५ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति