निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : बिजुक्छे « Khabarhub

निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : बिजुक्छे


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताएका छन्।

आगामी मंसिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले निर्वाचनमा मादक पदार्थ र भोजभत्तेर गरेर मतदातालाई झुक्याउने तथा कुनै पनि प्रभाव र प्रलोभनमा पार्नेप्रति कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए ।

निर्वाचनलाई विचारको सङ्घर्षको रूपमा उपयोग गर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले सङ्घीय व्यवस्थाबारे आधारभूत ज्ञानसमेत नभएका प्रतिनिधि कुनै पनि संसद्मा पुग्दा सङ्घीय व्यवस्था थप भद्रगोल हुने बताए।

उपनिर्वाचनलाई ठूला दलका गलत काम र पूँजीवादी व्यवस्थाका विकृतिबारे जनतासम्म पुर्‍याउने राजनीतिक अभियानको रूपमा पार्टीले लिएको उनको भनाइ थियो ।

लिम्पियाधुराको समस्याबारे नेमकिपाले यसअघिका सरकारलाई पटक पटक सचेत पार्दै आएको चर्चा गर्दै उनले तिब्बत् पुग्ने बाटो भएकाले भारतले सो क्षेत्रलाई रणनीतिकरूपमा उपयोग गर्न खोजेको बताए ।

नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले विगतका निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदै आएको बताउँदै जनतालाई भोजभत्तेर खुवाएर, पैसा बाँडेर, सामान बाँडेर चुनाव जित्ने विकृतिका विरुद्धमा सबै एक हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : १५ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त