राष्ट्रियसभा चुनाव माघ ७ गते गर्न निर्वाचन आयोगको प्रस्ताव | Khabarhub Khabarhub

राष्ट्रियसभा चुनाव माघ ७ गते गर्न निर्वाचन आयोगको प्रस्ताव


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले फागुन २० गते कार्यकाल सकिने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव गरेको छ ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएपछि त्यसअघि नै निर्वाचन गर्ने गरी आयोगले माघ ७ गतेलाई प्रस्ताव गरेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने व्यवस्था छ। संघीय संसदले राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको व्यवस्था मिलाउन पत्राचार गरेपछि आयोगले प्रस्ताव पठाएको हो।

आयोगले निर्वाचन प्रक्रियाको जानकारी राजनीतिक दल र सरकारलाई पठाउँदैछ। राष्ट्रियसभाका पदावधि सकिने स्थानमा अर्को निर्वाचनका लागि आयोगले यसअघि राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ।

निर्वाचन आयोगले पठाएको प्रस्तावमा छलफल गरेर उपयुक्त ठहर गरेपछि निर्वाचनको मिति घोषणा भने सरकारले गर्नेछ।

राष्ट्रियसभामा रहेका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका १ जना र निर्वाचनबाट आएका १८ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। जसमध्ये राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिने छ।

त्यस्तै सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ४१ बजे

गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

कास्की– गण्डकी प्रदेशमा जेन-जीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको