माघ एक गतेदेखि ‘गो–एएमएल’ लागू हुँदै « Khabarhub

माघ एक गतेदेखि ‘गो–एएमएल’ लागू हुँदै


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

माघ १ गतेबाट बैंकले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने छ । यस अघि नै बैंकहरुलाई यो प्रणालीमा आबद्ध भएर जान राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो ।

सम्पति शुद्धीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना समाविस्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गो–एएमएल नेपालमा पनि लागू गर्न लागिएको हो । पछिल्लो समय साइबर क्राइम बढ्दै गएकोले सूचना प्रविधिमा लगानी बढाउन पनि बैकरहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

एमएलमा कार्यान्वयन गर्न आलटाल गरेको भन्दै राष्ट्र बैंकले मिति नै तोकेर सम्पत्ति शुद्धीकरण निवारणमा जान निर्देशन दिएको हो । गो–एएमएल’ सफ्टवयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्न सक्नेछ ।

बैंकहरू अनिवार्य रूपमा डिजिटलाइजेसनमा जानुपर्ने हुँदा यो सिष्टम डेभलप गरिएको राष्ट्र बैंकले जनाएको छ । अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्नेगर्छ ।

गो एमएलमा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ ।
अब सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो–एएमएलमा ठोकिन्छ । गो–एएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ३७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष