कोहलपुर तनाव– आज शैक्षिक संस्था बन्द, निषेधित क्षेत्र कायमै, प्रदर्शन भए फेरि कर्फ्यू « Khabarhub

कोहलपुर तनाव– आज शैक्षिक संस्था बन्द, निषेधित क्षेत्र कायमै, प्रदर्शन भए फेरि कर्फ्यू


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके—बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार तनावग्रस्त रहेको कोहलपुरका सबै विद्यालय सोमबार बन्द छन् ।

प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो । अहिले भने अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका साहयक प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार अहिले पनि कोहलपुरमा घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको छ । फेरि पनि प्रदर्शन भए कर्फ्यू लाग्ने छ ।

कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको अहिले काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ५२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर