प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे कुनै निर्णय भएको छैन– प्रेस सल्लाहकार थापा « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे कुनै निर्णय भएको छैन– प्रेस सल्लाहकार थापा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिक्सको उपचार पछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबारे कुनै निर्णय नभएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे कुनै निर्णय नभएको बताए ।

‘प्रधानमन्त्री बिरामी हो, उपचार भइरहेको छ, समाचारमा अमेरिका लैजाने तयारी भनेर समाचार आयो, छलफल भइसक्यो भनेर आयो,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने, ‘अमेरिका लैजाने भनेर कुनै छलफल भएको छैन, ट्रान्सप्लान्ट (मिर्गौला प्रत्यारोपण) को निर्णय अहिले भएकै छैन ।’

पेट दुख्ने समस्या भएपछि अघिल्लो मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

एपेन्डिक्सको शल्यक्रिया गरेर १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका ओली बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका छन् । ओली अहिले पनि चिकित्सककै निगरानीमा छन् ।

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गर्दाको घाउ निको भए पनि संक्रमणको खतरा कायमै रहेकाले चिकित्सककै निगरानीमा राखिएको हो ।

प्रधानमन्त्री ओलीको मंसिर ९ गते पेटमा अचानक समस्या आएपछि उनलाई गत मंगलबार मंसिर १० गते त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । मंसिर १० गते एपेन्डिक्सिको शल्यक्रिया पछि पनि प्रधानमन्त्री ओली आइसियूमै उपचारत थिए ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले पुनः काम गर्न छाडेको छ । जसको कारण उनको नियमीत डायलाइसिस समेत भइरहेको छ ।

नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीलाई धेरै भेटघाटले संक्रमण हुने खतरा रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : १९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर