बलिउडमा चल्यो बायोपिकको लहर, २०२० मा आउँदैछन् यी फिल्म | Khabarhub Khabarhub

बलिउडमा चल्यो बायोपिकको लहर, २०२० मा आउँदैछन् यी फिल्म


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा पछिल्लो समय एकपछि अर्को गर्दै बायोपिक फिल्म बन्ने ट्रेन्ड चलेको छ । बायोपिक फिल्म हिट पनि भइरहेका छन् । केही वर्षअघिसम्म बायोपिक फिल्म बनाउनमा खासै रुचि थिएन ।

बलिउडको सिको गर्दै नेपालमा पनि केही बायोपिक फिल्म बन्ने लहर आयो । तर, ती सबै फिल्म नेपालमा भने फ्लप भए ।

भारतमा भने बायोपिक फिल्मको लहर नै आएको छ । सन् २०२० मा आउँदैछन् यी बलिउड फिल्मः

छपाक

सन् २०२० मा दीपिका पादुकोणको फिल्म छपाक रिलिज हुँदैछ । मेघना गुलजारको निर्देशनमा बनेको यो फिल्म एक एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा आधारित फिल्म हो । फिल्ममा दीपिकाले शीर्ष भूमिका निभाएकी छिन् । यो फिल्म चर्चामा रहेका फिल्ममध्ये एक हो ।

गुञ्जन शर्मा बायोपिक

भारतकी पहिलो प्रधानमन्धी गुञ्जन शर्माको बायोपिक फिल्ममा पनि बन्दैछ । फिल्ममा जाह्नवी कपूरले शीर्ष भूमिका निभाउँदैछिन् । उनले फिल्मका लागि यतिबेला मेहनत गरिरहेकी छिन् ।

थलाइवी

यो फिल्म दक्षिण भारतीय अभिनेत्री तथा राजनेता जयललिताको जीवनीमा आधारित छ । कंगना रनावतको शीर्ष भूमिका रहने यो फिल्म पनि सन् २०२० मै रिलिज हुँदैछ ।

पृथ्वीराज

महाराजा पृथ्वीराजा चौहानको जीवनीमा आधारित फिल्म पनि चर्चामा छ । फिल्ममा अक्षय कुमारले शीर्ष भूमिका निभाउनेछन् भने मानुषी छिल्लरले पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्नेछिन् ।

यस्तै सरदार उधम सिंह पनि सन् २०२० मै रिलिज हुँदैछ । सन् २०१९ मा पनि थुप्रै बायोपिक फिल्म रिलिज भएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ०१ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।