बलिउडमा चल्यो बायोपिकको लहर, २०२० मा आउँदैछन् यी फिल्म « Khabarhub

बलिउडमा चल्यो बायोपिकको लहर, २०२० मा आउँदैछन् यी फिल्म


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा पछिल्लो समय एकपछि अर्को गर्दै बायोपिक फिल्म बन्ने ट्रेन्ड चलेको छ । बायोपिक फिल्म हिट पनि भइरहेका छन् । केही वर्षअघिसम्म बायोपिक फिल्म बनाउनमा खासै रुचि थिएन ।

बलिउडको सिको गर्दै नेपालमा पनि केही बायोपिक फिल्म बन्ने लहर आयो । तर, ती सबै फिल्म नेपालमा भने फ्लप भए ।

भारतमा भने बायोपिक फिल्मको लहर नै आएको छ । सन् २०२० मा आउँदैछन् यी बलिउड फिल्मः

छपाक

सन् २०२० मा दीपिका पादुकोणको फिल्म छपाक रिलिज हुँदैछ । मेघना गुलजारको निर्देशनमा बनेको यो फिल्म एक एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा आधारित फिल्म हो । फिल्ममा दीपिकाले शीर्ष भूमिका निभाएकी छिन् । यो फिल्म चर्चामा रहेका फिल्ममध्ये एक हो ।

गुञ्जन शर्मा बायोपिक

भारतकी पहिलो प्रधानमन्धी गुञ्जन शर्माको बायोपिक फिल्ममा पनि बन्दैछ । फिल्ममा जाह्नवी कपूरले शीर्ष भूमिका निभाउँदैछिन् । उनले फिल्मका लागि यतिबेला मेहनत गरिरहेकी छिन् ।

थलाइवी

यो फिल्म दक्षिण भारतीय अभिनेत्री तथा राजनेता जयललिताको जीवनीमा आधारित छ । कंगना रनावतको शीर्ष भूमिका रहने यो फिल्म पनि सन् २०२० मै रिलिज हुँदैछ ।

पृथ्वीराज

महाराजा पृथ्वीराजा चौहानको जीवनीमा आधारित फिल्म पनि चर्चामा छ । फिल्ममा अक्षय कुमारले शीर्ष भूमिका निभाउनेछन् भने मानुषी छिल्लरले पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्नेछिन् ।

यस्तै सरदार उधम सिंह पनि सन् २०२० मै रिलिज हुँदैछ । सन् २०१९ मा पनि थुप्रै बायोपिक फिल्म रिलिज भएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ०१ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका