विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मारिन, जसलाई आमा एक्लैले पालेकी थिइन् « Khabarhub

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मारिन, जसलाई आमा एक्लैले पालेकी थिइन्


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीले सन्ना मारिनलाई आगामी प्रधानमन्त्रीका रुपमा दलको नेतृका रुपमा चयन गरेको छ ।

यातायात मन्त्री रहेकी मारिन उमेरले ३४ वर्ष मात्रै पूरा भएकी छन् । यसै साता प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने मारिन विश्वकै कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछन् ।

हाल पदासिन रहेका विश्वका प्रधानमन्त्री तथा सरकार प्रमुखमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ३९ वर्षकी भइन् ।

हुलाक सेवामा भएको हड्तालका विषयमा विश्वासको मत गुमाउँदा फिनल्याण्डका प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिनु परेको थियो ।

रिन्नेले राजीनामा दिएपछि सत्तारुढ सोसियल डेमोक्रेटिक पार्टीले सन्नालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

सन्ना नेतृत्वको सरकारमा सदनका ५ दल सहभागी हुने छन् । जसमा दलको प्रतिनिधित्व पनि महिलाकै नेतृत्वमा हुने छ ।

सोसियल डेमोक्रेटिक पार्टीबाट मारिन प्रधानमन्त्री बन्नेछिन् भने वामपन्थी गठनबन्धले ३२ वर्षीया ली एन्डरसनले नेतृत्वमा सरकारमा सहभागिता जनाउने छ ।

यस्तै, ग्रीन लिग पार्टीबाट ३४ वर्षीया मारिया ओसिसालो, सेन्टर पार्टीबाट ३२ वर्षीया क्याट्री कुल्मुनी र स्विडिस पिपुल्स पार्टी अफ फिनल्याण्डबाट ५५ वर्षीया अन्ना हेर्निकसनले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् ।

प्रधानमन्त्री बन्न झिनो अन्तरले मात्रै विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सन्नाले भनिन्, ‘मैले मेरो उमेर वा लिङ्गबारे कहिल्यै सोचेकी छैन । म राजनीतिमा आफू आउनुका कारण र हामीले निर्वाचन मण्डलबाट विश्वास पाउनुका कारणबारे सोच्छु ।’

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्न गइरहेकी सन्ना आफ्नो परिवारबाट अध्ययनका लागि विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् । उनलाई उनकी आमाले एक्लै पालेकी थिइन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : २८ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण