विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मारिन, जसलाई आमा एक्लैले पालेकी थिइन् « Khabarhub

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मारिन, जसलाई आमा एक्लैले पालेकी थिइन्


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीले सन्ना मारिनलाई आगामी प्रधानमन्त्रीका रुपमा दलको नेतृका रुपमा चयन गरेको छ ।

यातायात मन्त्री रहेकी मारिन उमेरले ३४ वर्ष मात्रै पूरा भएकी छन् । यसै साता प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने मारिन विश्वकै कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछन् ।

हाल पदासिन रहेका विश्वका प्रधानमन्त्री तथा सरकार प्रमुखमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ३९ वर्षकी भइन् ।

हुलाक सेवामा भएको हड्तालका विषयमा विश्वासको मत गुमाउँदा फिनल्याण्डका प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिनु परेको थियो ।

रिन्नेले राजीनामा दिएपछि सत्तारुढ सोसियल डेमोक्रेटिक पार्टीले सन्नालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

सन्ना नेतृत्वको सरकारमा सदनका ५ दल सहभागी हुने छन् । जसमा दलको प्रतिनिधित्व पनि महिलाकै नेतृत्वमा हुने छ ।

सोसियल डेमोक्रेटिक पार्टीबाट मारिन प्रधानमन्त्री बन्नेछिन् भने वामपन्थी गठनबन्धले ३२ वर्षीया ली एन्डरसनले नेतृत्वमा सरकारमा सहभागिता जनाउने छ ।

यस्तै, ग्रीन लिग पार्टीबाट ३४ वर्षीया मारिया ओसिसालो, सेन्टर पार्टीबाट ३२ वर्षीया क्याट्री कुल्मुनी र स्विडिस पिपुल्स पार्टी अफ फिनल्याण्डबाट ५५ वर्षीया अन्ना हेर्निकसनले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् ।

प्रधानमन्त्री बन्न झिनो अन्तरले मात्रै विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सन्नाले भनिन्, ‘मैले मेरो उमेर वा लिङ्गबारे कहिल्यै सोचेकी छैन । म राजनीतिमा आफू आउनुका कारण र हामीले निर्वाचन मण्डलबाट विश्वास पाउनुका कारणबारे सोच्छु ।’

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्न गइरहेकी सन्ना आफ्नो परिवारबाट अध्ययनका लागि विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् । उनलाई उनकी आमाले एक्लै पालेकी थिइन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : २८ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै