नेपाली बालिकामाथि यौन शोषण गर्ने अमेरिकी नागरिक पक्राउ « Khabarhub

नेपाली बालिकामाथि यौन शोषण गर्ने अमेरिकी नागरिक पक्राउ


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बालिकामाथि यौन शोषण गरेको अभियोगमा १ जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली बालिकालाई जबरजस्ती यौन शोषण गरेको अभियोगमा अमेरिकी नागरिक जासोन ल्लोयड मुडीलाई पक्राउ गरेको हो ।

अमेरिकी राहदानी (५६७४२५३५) बाहक मुडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार उनले विभिन्न निकायमार्फत नेपाली बालिकाहरुलाई होटेलमा बोलाएर यौन शोषण गर्ने गरेका थिए ।

प्रहरीले उनको हाटेलबाट ५६७४७२५३५,५०६०७३०८४ र ५४५६५८५०० नम्बरका ३ थाना अमेरिकी राहदानश्र, १ थान ल्यापटप, विभिन्न कम्पनीका मोबाइल ४ थान, विभिन्न बैंकका एटीएम कार्ड तथा काठमाडौंको प्रदर्शनमार्गस्थित विश्वभाषा क्याम्पसबाट उनको नाममा जारी भएको परिचय पत्र (आईडी कार्ड) समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका अमेरिकी नागरिक बाल यौन दुराचार प्रक्रणमा यसअघि पनि संलग्न रहेको पाइएको जनाएको छ । प्रहरीले उनमाथि बाल यौन दुराचार प्रकरणमा थप अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर