सलमान खानको फिल्म ‘दबंग ३’: रिलिजअघि नै ३५ करोड नाफामा « Khabarhub

सलमान खानको फिल्म ‘दबंग ३’: रिलिजअघि नै ३५ करोड नाफामा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान बलिउडको रेसमा सबैभन्दा अगाडि छन् । पहिलो दिन नै उनको फिल्मले भव्य ओपनिङ गर्ने गर्छन् । दर्शकले उनको फिल्म हेर्न समीक्षा कुर्दैनन् । सीधै हल हाउसफूल बनाउँछन् ।

सलमान खानको नाम जोडिनासाथ फिल्मको राइटस् पनि महंगो पर्न जान्छ । उनको फिल्म टिभीमा पनि उत्तिकै हेरिने गर्छ ।

२० डिसेम्बरमा रिलिज हुने यो फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा, सुदीप र सई मान्जरेकर शीर्ष भूमिकामा छन् ।

दर्शकमाझ प्रतीक्षित यो फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने आँकलन गरिएको छ । त्यसो त सलमानका हरेक फिल्मले बम्पर ओपनिङ गर्ने गर्छन् ।

१२० करोडमा बनेको यो फिल्म रिलिजअघि नै नाफामा गएको भारतीय मिडियाले लेखेका छन् ।

फिल्मको स्याटालाइट राइटस् ८० करोड रुपैयाँमा विक्री भएको छ । जी नेटवर्कले यति रकम दिन तयार भएको हो ।

यस्तै फिल्मको डिजिटल राइटस् अमेजन प्राइमले ६० करोडमा किनेको छ । १५ करोडमा फिल्मको म्युजिक राइटस् विक्री भएको छ ।

रिलिजअघि नै यो फिल्म ३५ करोड भारु नाफामा गइसकेको छ । रिलिजपछि त फिल्मले सय करोड क्लबमा पक्कै इन्ट्री गर्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ५८ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका