घरेलु महोत्सवमा १० करोड बढीको कारोबार | Khabarhub Khabarhub

घरेलु महोत्सवमा १० करोड बढीको कारोबार


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चलिरहेको ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ को तेस्रो दिनसम्म  १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

शनिबारसम्म मेलामा १ लाख ८७ हजार जनाले सो मेलाको अवलोकन गरेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । महासङ्घको आयोजनामा बिहीबारदेखि शुरु भएको मेलामा बिहीबार २० हजार जनाले तथा शुक्रबार ५० हजार जनाले अवलोकन गर्नुका साथै ४ करोडको कारोबार भएको थियो ।

शनिबार १ लाख १७ हजार जनाले मेलाको अवलोकन गरेका थिए भने ६ करोडको कारोबार भएको महासङ्घले जनाएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्ब गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एक समारोहका बीच सो मेलाको उद्घाटन गरेकी थिइन् । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न मेला शुरु भएको हो ।

मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महाङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । महोत्सवको सह–आयोजक अर्गानिक एशोसियशन अफ नेपाल रहेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो ।

५ दिनसम्म चल्ने सो मेलामा २०५ कक्ष, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योग सञ्चालक सहभागी छन् । चीन, भारत र बङ्गलादेशका गरी ४५ अन्तर्राष्ट्रिय कक्षसमेत रहेका छन् । ५ दिनको अवधिमा झण्डै ४ लाख ५० हजार जनाले मेलाको अवलोकन गर्नुका साथै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : ०२ बजे

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन