स्याटेलाइटबाट हाइ-स्पीडको इन्टरनेट ! | Khabarhub Khabarhub

स्याटेलाइटबाट हाइ-स्पीडको इन्टरनेट !


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेजन– हाइ-स्पीड इन्टरनेट उपलब्ध गराउनका लागि अमेजनले अन्तरिक्षमा ३ हजारभन्दा धेरै स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ ।

हालै अमेजनले जारी गरेको योजनाअनुसार ‘प्रोजेक्ट कुइपर’ नामक परियोजना अन्तर्गत अन्तरिक्षमा ३ हजारभन्दा धेरै स्याटेलाइट परीक्षण गरिनेछ ।

अमेजनले सार्वजनिक गरेको योजनाअनुसार अन्तरिक्षको तल्लो तहमा ३ हजारभन्दा धेरै स्याटेलाइटको सञ्जाल प्रक्षेपण गरिनेछ जसले पृथ्वीमा तीब्र गतिको ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध हुनेछ ।

यसले संसारभर तीब्र गतिको इन्टरनेटको पहुँच बाहिर रहेका मानिसहरुलाई इन्टरनेट सञ्जालसँग जोड्ने अमेजनले जनाएको छ । यसबारे अमेजनले विस्तृत योजना संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनसमक्ष बुझाइसकेको छ ।

पछिल्लो समय अन्तरिक्षबाट पृथ्वीमा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले अमेजनसहित विभिन्न कम्पनीले अध्ययन गरिरहेको बताइन्छ । केही समयअघि मात्रै वानवेब नामक कम्पनीले यस्तै प्रयोजनका लागि अन्तरिक्षमा ६ वटा स्याटेलाइट प्रक्षेपण गरिसकेको छ ।

अन्तरिक्षबाट पृथ्वीमा तीब्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने विषयमा अमेजन र वानवेबसहित इलोन मस्कको स्पेसएक्स, लेयोसाट, टेलेसाट र अमेरिकाको रक्षा तथा हवाई उपकरण निर्माता कम्पनी बोइङलगायतका कम्पनीले पनि स्याटेलाइटबाट इन्टरनेट प्रवाह गर्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

यस्ता स्याटेलाइटले पृथ्वीमा सञ्चारको साधनमा तीब्र परिवर्तन ल्याउने प्राविधिक तथा वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ७ : ३९ बजे

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको