जनताको जलविद्युत कार्यक्रम– थप दुई जलविद्युत आयोजनामा सेयर खुल्यो « Khabarhub

जनताको जलविद्युत कार्यक्रम– थप दुई जलविद्युत आयोजनामा सेयर खुल्यो


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनामा सेयरका लागि आवेदन खुला गरेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलव ८ मेगावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको सर्वसाधारणका लागि सेयर भर्न आदेवन खुला गरिएको जानकारी गराएको हो ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि सेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए । उनले जनताले तत्काल प्रतिफल पाउने भएकाले सो आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि स्पष्ट पारे ।

१५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको सेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन् ।

सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशुली बी जलविद्युत आयोजनाको सेयर आह्वान गरेको थिए । मन्त्री पुनले जनताले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अरव २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अरव २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ३ : ३० बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो