प्रहरी चौकी नेपालको, फोन भारतको ! « Khabarhub

प्रहरी चौकी नेपालको, फोन भारतको !


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ ।

नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् ।

नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । “अझै पनि नाकामा नेपाली फोनले काम गर्दैनन्, त्यसैले भारतीय नम्बर प्रयोग गर्नुपर्ने वाध्यता छ”, उनले भने, “यताबाट सम्पर्क गर्न खोज्दा भारतीय नम्बरमा फोन गर्नुपर्छ, त्यो पनि आवश्यक परेको बेला फोन लाग्दैन् ।”

पाण्डेका अनुसार प्रहरी चौकीका केही गतिविधि जिल्लामा जानकारी गराउनुपर्दा पनि भारतीय नम्बर वा एकघण्टा माथि डाँडामा पुगेर फोन गर्ने वाध्यता छ । “नेपाली सीमकार्ड मात्रै होइन, प्रहरीले प्रयोग गर्ने सेटले पनि काम गर्दैनन्”–उनले भने, “त्यसैले उताबाट केही जानकारी दिनुपरेमा एक÷डेढ घण्टा हिँडेर डाँडामै पुग्नुपर्छ, कि त भारतीय फोनबाट फोन गर्नुपर्छ ।”

जिल्लाबाट खबर गर्नुपर्दा भने समस्या हुने गरेको उनको भनाइ छ । अहिले सीमा प्रहरी चौकी खङ्ग्रा, भैसाही, कोइलाबास र अतिरिक्त प्रहरी पोष्ट सिरियानाका, डगमारा नाका र मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

भारतीय नम्बरले पनि राम्रोसँग काम नगर्दा अहिले त्यहाँका विभिन्न घटना टिपाउन ढिलाइ हुने गरेको उनले बताए । केही दिनअघि मात्रै नाकामा आगलागी भएको घटना पनि जिल्लामा ढिला गरि मात्रै सूचना आएको स्मरण गर्दै उनले फोनको अभावमा नाकामा भएका धेरै घटनाहरु ढिलामात्र जिल्लामा रिपोर्टिङ हुने गरेको छ ।

अर्कोतर्फ स्थानीयलाई पनि प्रहरीमा सम्पर्क गर्न कठिनाइ भएको छ । स्थानीयवासी अमृत खड्काले भने, “प्रहरीलाई आवश्यक परेको बेला फोन गर्दा लाग्दैन्, लागे पनि आवाज राम्रोसँग सुनिदैन ।” फोन सेवा प्रभावकारी नहुँदा प्रहरी र नागरिकबीचको दूरी बढेको उनले बताए । त्यहाँका नागरिकले प्रहरीलाई फोन गर्नुपरेमा भारत जानुपर्ने बाध्यता रहेको स्थानीयवासी खड्काले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ४ : २९ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर