बाटो नबनाएको भन्दै जोरपाटीका स्थानीय सडकमा ओर्लिए « Khabarhub

बाटो नबनाएको भन्दै जोरपाटीका स्थानीय सडकमा ओर्लिए


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समयमै सडकको मर्मत सम्भार नहुँदा धुवा धुलोले आक्रान्त बनेका काठमाडौंको जोरपाटी बासी सडक आन्दोलन मै उत्रिएका छन् । बाटो निर्माण शुरु भएको चार वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै स्थानीय व्यापारी तथा सर्वसाधारण सडक आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको नेतृत्व बौद्ध व्यापार संघले गरेको छ । ठेकेदार कम्पनी र सरकारी संयन्त्रलाई पटकपटक खबरदारी गरेपनि सडक निर्माण गरी धुँवा धुलो हटाउन पहल नगरेको भन्दै स्थानीयले सडकबाटै खबरदारी गर्ने योजना बनाएका हुन ।

स्थानीय तथा जोरपाटी क्षेत्रका व्यापारीले सडकमा प्रदर्शनका साथै टायर बालेका थिए । स्थानीयको आन्दोलनले उग्र रुप लिएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको थियो । प्रहरी स्थानीयको प्रदर्शनलाई रोक्न पुगेपछि निक्कै घम्साघम्सी भएको थियो ।

स्थानीयले धुँवा धुलो मुक्त गर, विश्व सम्पदा सूचिका सम्पदाको संरक्षण गर, बाटो छिटो कालोपत्रे गर लगायतका नारा लगाएका थिए ।

आफूहरुले सरकारलाई खबरदारी गर्न प्रदर्शन गरेको भन्दै बीचमा नआउन प्रहरीलाई खबरदारी गरेका थिए । प्रहरीले नियन्त्रणमा लिन प्रयास गरेको पछि झण्डै झडपको स्थिति उत्पन्न भएको स्थानीयले बताएका छन् ।

केहिबेर स्थानीयले टाय बालेर प्रदर्शन गरेपनि प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।

बौद्धबासीले शंख बजार विरोध शुरु गरेका थिए । उनीहरुले विरोधस्वरुप बजार पनि बन्द गराएका थिए ।

निर्माण थालेको चार वर्षमा पनि काम सम्पन्न नभएपछि स्थानीयलाई सवारी सञ्चालन तथा हिँडडुलमै समस्या हुँन थालेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १ : ३० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट