बाटो नबनाएको भन्दै जोरपाटीका स्थानीय सडकमा ओर्लिए | Khabarhub Khabarhub

बाटो नबनाएको भन्दै जोरपाटीका स्थानीय सडकमा ओर्लिए


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समयमै सडकको मर्मत सम्भार नहुँदा धुवा धुलोले आक्रान्त बनेका काठमाडौंको जोरपाटी बासी सडक आन्दोलन मै उत्रिएका छन् । बाटो निर्माण शुरु भएको चार वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै स्थानीय व्यापारी तथा सर्वसाधारण सडक आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको नेतृत्व बौद्ध व्यापार संघले गरेको छ । ठेकेदार कम्पनी र सरकारी संयन्त्रलाई पटकपटक खबरदारी गरेपनि सडक निर्माण गरी धुँवा धुलो हटाउन पहल नगरेको भन्दै स्थानीयले सडकबाटै खबरदारी गर्ने योजना बनाएका हुन ।

स्थानीय तथा जोरपाटी क्षेत्रका व्यापारीले सडकमा प्रदर्शनका साथै टायर बालेका थिए । स्थानीयको आन्दोलनले उग्र रुप लिएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको थियो । प्रहरी स्थानीयको प्रदर्शनलाई रोक्न पुगेपछि निक्कै घम्साघम्सी भएको थियो ।

स्थानीयले धुँवा धुलो मुक्त गर, विश्व सम्पदा सूचिका सम्पदाको संरक्षण गर, बाटो छिटो कालोपत्रे गर लगायतका नारा लगाएका थिए ।

आफूहरुले सरकारलाई खबरदारी गर्न प्रदर्शन गरेको भन्दै बीचमा नआउन प्रहरीलाई खबरदारी गरेका थिए । प्रहरीले नियन्त्रणमा लिन प्रयास गरेको पछि झण्डै झडपको स्थिति उत्पन्न भएको स्थानीयले बताएका छन् ।

केहिबेर स्थानीयले टाय बालेर प्रदर्शन गरेपनि प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।

बौद्धबासीले शंख बजार विरोध शुरु गरेका थिए । उनीहरुले विरोधस्वरुप बजार पनि बन्द गराएका थिए ।

निर्माण थालेको चार वर्षमा पनि काम सम्पन्न नभएपछि स्थानीयलाई सवारी सञ्चालन तथा हिँडडुलमै समस्या हुँन थालेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १ : ३० बजे

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन्

काठमाडौंको गर्मी ! (तस्बिरहरू)

 काठमाडौं– मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी

एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी

विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य

गण्डकी– नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका

विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयाम तथा योगदान

लेखसार* : प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयामका बारेमा