नेपाल आउने पयर्टकको प्रवेशाज्ञा शुल्क बृद्धि « Khabarhub

नेपाल आउने पयर्टकको प्रवेशाज्ञा शुल्क बृद्धि


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकले तिर्नु पर्ने प्रवेशाज्ञा शुल्कमा बृद्धि गरेको छ । अध्यागनम नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै प्रवेशाज्ञा शुल्क बृद्धि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० अमेरिकी डलर लिने निर्णय गरेको बताए । यो भन्दा अगाडी सरकारले २५ डलर लिदै आएको थियो । ३० दिनको लागि ५० डलर र ९० दिनको लागि १ सय २५ डलर नेपाल आउने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । यो निर्णय हुनुअघि ३० दिनको लागि ४० र ९० दिनका लागि १ सय डलर भिसा शुल्क पर्यटकले तिर्दै आएका थिए ।

यस्तै नेपाल घुम्न आएका पर्यटकको भिसाको म्याद सकिएको हकमा दैनिक ३ डलर शुल्क तिर्नुपर्ने भएको छ । यो भन्दा अगाडि म्याद थपमा दैनिक २ डलर तिर्दै आएका थिए । साथै ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा ३० डलर लिने व्यवस्था पनि परिवर्तन गरिएको मन्त्री बास्कोटाले बताएका छन् ।

यस्तै पदयात्रा दस्तुर सम्बन्धमा पनि शुल्क बृद्धि गरिएको छ । माथिल्लो मुस्ताङ र माथिलो डोल्पाको पदयात्रामा जाने पर्यटकसँग पहिलो १० दिनको लागि ५ सय डलर र त्यो बाहेक दैनिक ५० डलर थप तिर्नुपर्ने निर्णय गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका राहदानी बाहक पर्यटकलाई भने ३० दिनसम्मको अवधिका लागि भिसा दस्तुर नलिने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : २१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले