नेपाल आउने पयर्टकको प्रवेशाज्ञा शुल्क बृद्धि « Khabarhub

नेपाल आउने पयर्टकको प्रवेशाज्ञा शुल्क बृद्धि


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकले तिर्नु पर्ने प्रवेशाज्ञा शुल्कमा बृद्धि गरेको छ । अध्यागनम नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै प्रवेशाज्ञा शुल्क बृद्धि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० अमेरिकी डलर लिने निर्णय गरेको बताए । यो भन्दा अगाडी सरकारले २५ डलर लिदै आएको थियो । ३० दिनको लागि ५० डलर र ९० दिनको लागि १ सय २५ डलर नेपाल आउने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । यो निर्णय हुनुअघि ३० दिनको लागि ४० र ९० दिनका लागि १ सय डलर भिसा शुल्क पर्यटकले तिर्दै आएका थिए ।

यस्तै नेपाल घुम्न आएका पर्यटकको भिसाको म्याद सकिएको हकमा दैनिक ३ डलर शुल्क तिर्नुपर्ने भएको छ । यो भन्दा अगाडि म्याद थपमा दैनिक २ डलर तिर्दै आएका थिए । साथै ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा ३० डलर लिने व्यवस्था पनि परिवर्तन गरिएको मन्त्री बास्कोटाले बताएका छन् ।

यस्तै पदयात्रा दस्तुर सम्बन्धमा पनि शुल्क बृद्धि गरिएको छ । माथिल्लो मुस्ताङ र माथिलो डोल्पाको पदयात्रामा जाने पर्यटकसँग पहिलो १० दिनको लागि ५ सय डलर र त्यो बाहेक दैनिक ५० डलर थप तिर्नुपर्ने निर्णय गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका राहदानी बाहक पर्यटकलाई भने ३० दिनसम्मको अवधिका लागि भिसा दस्तुर नलिने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : २१ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज