‘दाल भात तरकारी’ को जस/अपजस म लिन्छु: हरिवंश आचार्य « Khabarhub

‘दाल भात तरकारी’ को जस/अपजस म लिन्छु: हरिवंश आचार्य


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘दाल भात तरकारी’ को जस र अपजस आफूले लिएको बताएका छन् । खबरहब टिमसँग बिहीवार गरिएको अन्तक्र्रियामा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।

उनले फिल्म केही लाउड भएको भन्ने दर्शकको प्रतिक्रिया आएको स्वीकार्दै आफूहरुले चलचित्रमा नयाँ प्रयोग गर्न खोजेको उनले खबरहब लाइभमार्फत बताए । ‘फिल्मको कथा मैले लेखेको हुँ, चलचित्रमा विभिन्न प्रतिक्रिया आएका छन्, ती सबै जस र अपजस म आफैले लिन चाहन्छु,’ उनले भने ।

समीक्षात्मक रुपमा चलचित्रको नकारात्मक प्रतिक्रिया आएका थिए भने दर्शकले मिश्रित प्रतिक्रिया दिएका थिए । साथै आचार्यले नेपालमा चलचित्र एक हप्तापछि मात्र समीक्षा गर्न अनुरोध समेत गरे । उनले भने, ‘कमसेकम एक हप्ता समीक्षाका लागि समय दिऔँ, ताकि अर्को फिल्म पनि बनाउन सकियोस् ।’

साथै उनले चलचित्र राम्रो बनेको दावी समेत गरे । उनले चर्चित कलाकारको अथक प्रयासले राम्रो फिल्म बनेको उनको भनाइ थियो । भोलिबाट चलचित्र दोस्रो हप्तामा रिलिज हुँदैछ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ६ : २२ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल