स्पोर्टस् अवार्डसँग जोडियो गोल्डस्टार « Khabarhub

स्पोर्टस् अवार्डसँग जोडियो गोल्डस्टार


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्‍च (एन्एसजेएफ) ले असारमा आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डका लागि किरण शु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्तासँग मुख्य सह–प्रायोजन सम्झौता गरेको छ।

असार १७ गते हुने १६औं संस्करणको अवार्ड कार्यक्रमका लागि मुख्य सह–प्रायोजक भए वापत गोल्डस्टारले मञ्‍चलाई नगद ८ लाख रुपैयाँसहित ११ लाख बराबरको सहयोग उपलब्ध गराउनेछ बताएको छ ।

विभिन्न १० विधामा खेलाडी, खेलकर्मी तथा खेल पत्रकारलाई पुरस्कृत गरिने अवार्डमा मनोनयनमा पर्नेलाई गोल्डस्टारले ३ लाख रुपैयाँ बराबरको आफ्ना उत्पादन उपहारका रुपमा प्रदान गर्ने आइतबार सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा जानकारी दिइएको हो ।

सहप्रायोजन सम्झौतामा आयोजक मञ्‍चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) तथा गोल्डस्टारका तर्फबाट किरण शुकी निर्देशक विदुशी राणाले हस्ताक्षर गरे। अघिल्लो वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा मञ्‍चले अवार्डमा १० विधामा खेलकर्मीलाई पुरस्कृत गर्नेछ। उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाका साथै पिपल्स च्वाइस, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, विशेष पुरस्कार, वर्षको उत्कृष्ट टिम तथा एक अन्तर्राष्ट्रिय खेल पत्रकार विधा अवार्डमा समावेश छन्।

मञ्‍चले पिपुल्स च्वाइस विधाका लागि गत साता नै पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ। जसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा मण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारिरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा परेका छन्।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ४ : २४ बजे

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम– गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान