खानेकुरा स्वास्थ्यका लागि कि स्वाद लिन खाने ? | Khabarhub Khabarhub

खानेकुरा स्वास्थ्यका लागि कि स्वाद लिन खाने ?


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसहरुको खानेकुरा खाने बानीमा पनि व्यापक परिवर्तन आएको छ । पहिला पहिला गाउँघरमै पाइने, मकै,मोही, गुन्द्रुक लगायतका स्थानीय खाना खाने चलन थियो ।

तर अहिले गाउँघरमा हुने सामुहिक भेट, मेला तथा पर्ममा मोही, मकै तथा स्थानीय खाजालाई विस्थापित गरेर बजारमा पाइने कोक,फेन्टा, चाउचाउ लगायतका आयतित जंकफुड खाने चलन बढ्दै गएको छ ।

गाउँघरमा होस् वा शहरमा मानिसहरु स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाना खान थालेका छन् । बजारमा पाइने जंकफुड खाने बानीले बालबालिको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्यका लागि खाने कि स्वादका लागि ?

शरीरलाई स्वास्थ्य राख्नको लागि दैनिक खाने खानामा भिटामिन, प्रोटिन, खनिज पदार्थ लगायतका पोषणतत्वको मिश्रण हुनु जरुरी छ । बजारमा पाइएने चाउचाउ, विस्कुट लगायतका जंग फुडले पोषणतत्वको अभाव पूरा गर्न सक्दैन।

बजारमा पाइने खाना जिब्रोका लागि स्वादिष्ट भएपनिस्वास्थ्यका लागि हानिकारक हुनसक्छ । त्यसैले खानाखादा स्वास्थ्यका लागि फाइदा हुने खाना खानुपर्छ ।  बजारमा पाइने, केक,मम, चाउचाउ,बिस्कुल जंकफुडले स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ ।

त्यस्ता खानामा चिल्लो, पिरो र मसला राखिएकाले जिब्रोलाई मिठो भएपनि स्वास्थ्यलाई बेफाइदा गर्छ । त्यसैले खाना खादा सकेसम्म घरमै आफैले बनाएको स्वास्थ्यकर खाना खानुपर्छ । खाना खादा पोषणको मात्रा मिलाएर नियमित समयमा खाने बानी गर्नुपर्छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : १८ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना