विज्ञ तथा उद्योगी व्यवसायी भन्छन्ः सुरक्षा चुनौति सामान्य हुन सकेन | Khabarhub Khabarhub

विज्ञ तथा उद्योगी व्यवसायी भन्छन्ः सुरक्षा चुनौति सामान्य हुन सकेन


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विकास निमार्ण तथा उद्योग व्यवसाय क्षेत्रमा अझै पनि सुरक्षा चुनौति सामान्य हुन नसकेको भन्दै विज्ञ तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर) र पेभिलियन ग्रुपको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विकासका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुरक्षाको ग्यारेन्टी दिन सक्ने वातावरण नबनेको बताए ।

सशस्त्र प्रहरीको पूर्व एआईजी रविराज थापाले समाज विस्तारै अपराधतर्फ अघि बढी रहेको अवस्थामा सुरक्षा अवस्था मजबुत बनाएर अपराधीलाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए । प्रहरी प्रशासनको कमजोरीले कुनै घटना घटे पनि प्रहरीले आफुलाई कहिल्यै कमजोर मान्न तयार नहुने भन्दै उनले भने जनताले विश्वास गर्न सक्ने खालको सुरक्षा व्यवस्था हुनु पर्नेमा जोड दिए । सुरक्षा निकाय सरकार र राजनीतिक दलका पहुँचवाला मान्छेको वरिपरी मात्र घुमिरहको भन्दै उनले यस्तो अवस्था बढ्दै गए सुरक्षामा गम्भीर असर पर्ने बताए ।

सुरक्षा ग्यारेन्टी नभएको अवस्थामा कालो धन भएकाहरु लगानीका लागि आए पनि वैध सम्पत्ती लगानी गर्नेहरुले लगानीमा जोखिम नमोल्ने थापाको भनाइ थियो । विकास आयोजनाहरु गुण्डाले पैसा उठाएर खाने थलो बन्दा गुणस्तरीय काम हुन नसकेको उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलले नै विकास आयोजनाहरुलाई मागी खाने भाँडोको रुपमा प्रयोग गर्ने प्रवृत्ति हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । विकास निर्माणमा सरकारको खरिद नियमावली पनि दोषी रहेको उल्लेख गर्दै यसलाई सुधार्नु पर्नेमा जोड दिए ।

विकासका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको बताउँदै उनले भने निर्माण व्यवसायीलाई हरेक दिन ५/६ पटकसम्म आर्थिक सहयोगका लागि फोन आउने गरेको बताए । यद्यपि, केही समय यता भने त्यसरी फोन आउनमा कमी भएको उनको भनाइ थियो । उनले मान्छेहरुमा रातारात धनी हुने महत्वकांक्षा बढ्दै जाँदा समाजमा आपराधिक कार्य बढेकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि पहल हुनु पर्ने बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बन्दुक तेर्साएर पैसा माग्न आउनेहरुसँग आफुले पनि केही अवस्थामा सामना गरेको स्मरण गर्दै पहिलेको तुलनामा पछिल्लो समय भने सुरक्षा अवस्थामा सुधार आएको बताए । तर पनि पूर्ण रुपमा भने सुरक्षामा सुधार भएको भन्न नमिल्ने उनको भनाइ थियो ।

ज्यान मार्ने खालका धम्कीसहितको आर्थिक सहयोग माग्ने प्रवृत्ति घटे पनि राजनीतिक शैलीको सहयोग माग्नेहरुको संख्यामा भने कमी नआएको उनले बताए । उनले भने, ‘यसले पनि उद्योगी व्यवसायीलाई असर पारिरहेको छ ।’

राजनीतिक स्थायित्व नभएकाले लगानी मैत्री वातावरण नबने पनि सुरक्षाकै कारण लगानी गर्दिन भन्ने अवस्था नरहेको आफुले पाएको उनले बताए ।
पूर्वसचिव नरेन्द्र श्रेष्ठले प्रशासन बलियो भएको अवस्थामा विकास निर्माणका कार्यमा स्थानीय समूहबाट खासै अवरोध नहुने बताए । विदेशी लगानीकर्ताले नेपालमा सुरक्षा ग्यारेन्टी खोज्ने बताउँदै त्यसअनुसारको कानून निर्माण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा आईएसएसआरका कार्यकारी अध्यक्ष नरेश श्रेष्ठ, नेपाल प्रहरीका पूर्व डिआइजी एवं सुरक्षाविद हेमन्त मल्ल, अर्थविद दधि अधिकारी, नरेन्द्र प्रजापतिलगायतले सीमा सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : १६ बजे

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि

पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु