साम्राज्ञीले जोगाउलिन् साख ? « Khabarhub

साम्राज्ञीले जोगाउलिन् साख ?


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी चर्चित अभिनेत्रीमा एक हुन् । उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेका छैनन् । बरु कम चर्चामा रहने वर्षा राउत र आँचल शर्माका फिल्मले ५१ औँ दिन मनाउने अवसर पाएका छन् ।

फिल्म चलोस् या नचलोस्, साम्राज्ञीको चर्चा भने चलिरहन्छ । यतिसम्म कि, निर्माताले कुनै फिल्ममा महंगो पारिश्रमिक दिएर फिल्ममा अभिनय गराउन तत्पर हुन्छन् । हालै चलचित्र ‘रातो टीका निधारमा’ का लागि पनि उनले महंगो रकम लिएको बताइएको थियो ।

त्यसो त नेपाली सिनेमा बजारमा चर्चामै आउनका लागि पनि धेरै पारिश्रमिक लिने गरेको हल्ला फैलाइन्छ ।

हल्लैमा किन नहोस्, साम्राज्ञी अहिले महंगो पारिश्रमिक लिने नायिकामा पर्छिन् । यसको अर्थ यो पनि हो कि, साम्राज्ञीको स्टारडम छ ।

उनलाई लिएपछि फिल्म चल्छ भन्ने निर्माता तथा निर्देशकलाई छ । तर, साम्राज्ञीले अभिनय गरेका पछिल्ला फिल्महरुले खासै कमाल गर्न सकेका छैनन् । कतिले उनलाई अहिले पनि पहिलो फिल्म ‘ड्रिम्स’ कै ब्याज खाइरहेको पनि भन्ने गर्छन् ।

हालै साम्राज्ञीको तस्वीर सार्वजनिक गर्दै फिल्म ‘मारुनी’ को पोस्टर सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा साम्राज्ञीलाई एक विवाहित नारीका रुपमा प्रस्तुत गरिएको छ । उनले सिउँदोमा सिन्दुर लगाएकी छिन् ।

यसबाट धेरैले आशा गरेका छन् कि, ‘मारुनी’ मा साम्राज्ञीको फरक भूमिका देख्न सकिनेछ ।

यसै वर्ष साम्राज्ञीलाई अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ मा पनि देख्न सकिनेछ । यी दुवै फिल्म साम्राज्ञीका कारण थप चर्चामा छन् ।

त्यसो त चर्चा हुनु र फिल्मले दर्शकको साथ पाउनु फरक कुरा हो । अब रिलिज नजिकिँदै गर्दा साम्राज्ञीलाई दर्शकले कति साथ दिनेछन् भन्ने हेर्न भने धेरै महिना बाँकी छैन ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १० : ५५ बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग