साम्राज्ञीले जोगाउलिन् साख ? « Khabarhub

साम्राज्ञीले जोगाउलिन् साख ?


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी चर्चित अभिनेत्रीमा एक हुन् । उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेका छैनन् । बरु कम चर्चामा रहने वर्षा राउत र आँचल शर्माका फिल्मले ५१ औँ दिन मनाउने अवसर पाएका छन् ।

फिल्म चलोस् या नचलोस्, साम्राज्ञीको चर्चा भने चलिरहन्छ । यतिसम्म कि, निर्माताले कुनै फिल्ममा महंगो पारिश्रमिक दिएर फिल्ममा अभिनय गराउन तत्पर हुन्छन् । हालै चलचित्र ‘रातो टीका निधारमा’ का लागि पनि उनले महंगो रकम लिएको बताइएको थियो ।

त्यसो त नेपाली सिनेमा बजारमा चर्चामै आउनका लागि पनि धेरै पारिश्रमिक लिने गरेको हल्ला फैलाइन्छ ।

हल्लैमा किन नहोस्, साम्राज्ञी अहिले महंगो पारिश्रमिक लिने नायिकामा पर्छिन् । यसको अर्थ यो पनि हो कि, साम्राज्ञीको स्टारडम छ ।

उनलाई लिएपछि फिल्म चल्छ भन्ने निर्माता तथा निर्देशकलाई छ । तर, साम्राज्ञीले अभिनय गरेका पछिल्ला फिल्महरुले खासै कमाल गर्न सकेका छैनन् । कतिले उनलाई अहिले पनि पहिलो फिल्म ‘ड्रिम्स’ कै ब्याज खाइरहेको पनि भन्ने गर्छन् ।

हालै साम्राज्ञीको तस्वीर सार्वजनिक गर्दै फिल्म ‘मारुनी’ को पोस्टर सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा साम्राज्ञीलाई एक विवाहित नारीका रुपमा प्रस्तुत गरिएको छ । उनले सिउँदोमा सिन्दुर लगाएकी छिन् ।

यसबाट धेरैले आशा गरेका छन् कि, ‘मारुनी’ मा साम्राज्ञीको फरक भूमिका देख्न सकिनेछ ।

यसै वर्ष साम्राज्ञीलाई अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ मा पनि देख्न सकिनेछ । यी दुवै फिल्म साम्राज्ञीका कारण थप चर्चामा छन् ।

त्यसो त चर्चा हुनु र फिल्मले दर्शकको साथ पाउनु फरक कुरा हो । अब रिलिज नजिकिँदै गर्दा साम्राज्ञीलाई दर्शकले कति साथ दिनेछन् भन्ने हेर्न भने धेरै महिना बाँकी छैन ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १० : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका