विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको गृहमन्त्रीको दाबी « Khabarhub

विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको गृहमन्त्रीको दाबी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तका क्रममा भएको बताएका छन् । उनले राज्य व्यवस्था तथा समितिको निर्देशनमा बनेको छानबिन समितिले त्यही देखाएको भन्दै पौडेल दोहोरो भिडन्तमा मारिएको दाबी गरे ।

मंगलबार संसदमा नेपाली काङ्ग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको विषयलाई लिएर सरकारको धारणा मागेको थियो ।

त्यसको जवाफमा गृहमन्त्री बादलले गस्तीमा रहेका प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट हुँदा भिडन्त भएको दाबी गरे ।

साथै उनले कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेपछि कुमार पौडेलले पनि फायरिङ गरेको दाबी गरे । विप्लव समूहका नेता पौडेलले मिस फायर गरेको र प्रहरीले जवाफी कारबाही गर्दा मृत्यु भएको उनको दाबी थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : २५ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री