कश्मीर तनावः पाकिस्तानले तयारी अवस्थामा रहन सेनालाई दियो निर्देशन « Khabarhub

कश्मीर तनावः पाकिस्तानले तयारी अवस्थामा रहन सेनालाई दियो निर्देशन


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतले जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णयपछि पाकिस्तानीले पनि कडा कदम चाल्ने संकेत देखाएको छ ।

तनाव बढ्दै गर्दा पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई निकाला गरिसकेको छ पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायुक्त (राजदूत) अजय बासरियालाइ उसले निकाला गरेको हो ।

यसअघि पाकिस्तानका राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँग कुटनीतिक सम्बन्धलाई घटाउने निर्णय गरेको थियो । पाकिस्तानले भारतका लागि आफ्ना नवनियुक्त राजदूतलाई पनि दिल्ली नपठाउने निर्णय गरेको छ ।

त्यस्तै पाकिस्तानले आफ्ना सेनालाइ जुनसुकै परिस्थिति सामना गर्नेगरी तैनाथ रहन समेत निर्देशन दिएको छ ।

प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकमा पाकिस्तानका विदेशमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, सेना प्रमुख, खुफिया एजेन्सीका प्रमुखहरूको सहभागिता रहेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री खानले जम्मू–कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताइसकेका छन् । उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत लैजाने र प्रतिवाद गर्ने बताएका छन् ।

यसअघि पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो । त्यतिवेला भारत–पाकिस्ताबीच युद्धको स्थिति थियो । पछिल्लो समयमा २००१ मा भारतीय संसदमा भएको आक्रमणपछि पनि दुवै देशका कुटनीतिक सम्बन्धमा तनाव यथावत छ ।

हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुबै देशले शासन गर्दै आएका छन् । जम्मु कश्मिरको तनावालाई लिएर दुई देशबीच युद्धको अवस्था देखिएको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : ०५ बजे

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण