एचआइभी लागेका ११० जनाको स्वास्थ्य बीमा « Khabarhub

एचआइभी लागेका ११० जनाको स्वास्थ्य बीमा


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– दीर्घ रोग लागेका व्यक्तिको स्वास्थ्य बीमा नहुने भन्ने भ्रम चिर्दै  चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका १ सय १० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ ।

स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले ८–८ र खैरहनी नगरपालिकाले ५ जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार भदौबाट लागू हुनेगरी उनीहरुको बीमा गरिएको हो । सङ्क्रमितहरुको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले बीमा गरिएको उनले बताए । अहिले जिल्लामा १ हजार ७ सय २९ जना सङ्क्रमित छन् । उनीहरुमध्ये ८ सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

जिल्लामा रहेका सबै सङ्क्रमित खुलेर बाहिर आउन सकून् भन्ने उद्देश्यका साथ स्थानीय तहहरुसँगको समन्वय गरी बीमा कार्यक्रम शुरु गरिएको सापकोटाले जानकारी दिए । अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि सङ्क्रमितको बीमा स्थानीय तहले गर्ने गर्दछ । सन् २०१९ को जनवरीदेखि जुनसम्म ७ हजार ८ सय १ जनाको नमूना परीक्षण गर्दा ५४ जना सङ्क्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : ०० बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि