१२ तस्वीरमा हेर्नुहोस् माइतीघरमा आदिवासीको नाचगान « Khabarhub

१२ तस्वीरमा हेर्नुहोस् माइतीघरमा आदिवासीको नाचगान


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।

आदिवासी जनजातिको हक हितका लागि क्रियाशील रहेका भनिएका विभिन्न संघ, संस्थाले अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरे ।

अघिल्लो वर्षहरुमा एउटै ब्यानरमुनि देखिने आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरुले यस पटक भने छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरे ।

आदिवासी जनजाति महासंघको अगुवाइमा शुक्रबार राजधानी काठमाडौंमा विविध भेषभूषा र पहिचान झल्किने झाँकी प्रदर्शन गरे ।

यसवर्षको आदिवासी दिवसलाई आदिवासी तथा जनजातिको पहिचान र अधिकारी प्राप्तीका लागि संघर्ष जारी राख्ने सन्देश दिने गरी आयोजना गरिएको महासंघले जनाएको छ ।

महासंघले राजधानीको माइतीघरमा कोणसभा आयोजना गरी आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गरायो ।

माइतीघर मण्डलामा आयोजित सभामा आदिवासी तथा जनजातिको पहिचान झल्किने बाजागाजासहित नाचहरु समेत प्रदर्शन गरिएको थियो ।

अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा नेपालका आदिवासी जनजातिले आयोजना गरेको कार्यक्रम र प्रदर्शन गरेको झाँकीलाई खबरहबका क्यामेरापर्सन अदीप श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

आदीवासी दिवसका अवसरमा आयोजित कार्यक्रमसँग सम्बन्धित थप तस्वीरहरु,

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : २६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२