दशैंको अग्रिम टिकट बुकिङ खुलाउँदै यातायात व्यवस्था विभाग « Khabarhub

दशैंको अग्रिम टिकट बुकिङ खुलाउँदै यातायात व्यवस्था विभाग


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले दशैंमा राजधानीबाट बाहिरिने यात्रुको चापलाई मध्यनजर गर्दै केही दिनभित्रै अग्रिम टिकट बुकिङ खुलाउने भएको छ ।

विभागले भदौ महिनाभित्रै राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी अग्रिम बुकिङ खुला गर्न लागेको जानकारी दिएको हो ।

महासंघले भाडा समायोजन गर्नुपर्ने माग राखेपनि दशैअगाडि भाडा समायोजन नहुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, ‘दशै अगाडि भाडा समायोजन हुँदैन, भदौ महिनाभित्रै बसको अग्रिम टिकट विक्री खुलाउने प्रयास गरेका छौं ।’

दशैंको मुखमा टिकटको मूल्य बढाउँदा यात्रुलाई मार पर्ने हुँदा यो पटक त्यस्तो नगरिने उनको भनाइ छ। यसपटक यात्रुको सहजताका लागि राजधानीका १० भन्दा बढी ठाउँमा हेल्प डेस्क राखिने उनले बताए ।

विभागले भाडा समायोजन समिति बनाएको र समितिले दिएको सुझावका आधारमा भाडा निर्धारण गर्न सकिने उनले बताए। महासंघले पनि सरकारसँग छलफल भइरहेको र अग्रिम टिकट खुलाउने पहलमै आफू लागेको बताएको छ ।

भाडा समायोजन आफ्नो माग रहे पनि यसको अन्तिम निर्णय सरकारले गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

‘भाडा वृद्धिका लागि हामीले कुनै बार्गेनिङ गरेका छैनौं,’ उनले भने, ‘प्रत्येक आर्थिक वर्षमा विभागसँग छलफल हुने गरेको छ, यो छलफल पनि त्यसैको निरन्तरता मात्रै हो।’

यस वर्षको दशैको टिका असोज २१ गते परेको छ । यस वर्ष असोज १२ गते (आइतबार) देखि नवरात्र शुरु हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापनाबाटै राजधानीबाट बाहिरिनेहरुको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ३१ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी