इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन महानगर लागेको मेयर शाक्यको भनाइ « Khabarhub

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन महानगर लागेको मेयर शाक्यको भनाइ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबै सरोकारवालहरुसँग अपिल गरेका छन्।

सोमबार नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहहरूको छलफलमा मेयर शाक्यले यस्तो अपिल गरेका हुन् ।

छलफल कार्यक्रममा बोल्दै मेयर शाक्यले इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका मेयर सहित ४८ जना विदेशी प्रतिनिधिहरू आउने पनि जानकारी दिए ।

‘विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको थियो,’ शाक्यले भने ‘यो पटक हामीले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान गराउने अवसर प्राप्त गरेका छौँ । पर्यटन वर्ष २०२० को नजिकमा रहेका बेला अन्तर्राष्ट्रिय पाहुना इन्द्रजात्राको अवलोकनका लागि आउने कुरा सकारात्मक हो ।’

मेयर शाक्यले महानगरपालिकाले पनि यो पर्वलाई विशेष महत्व दिएको बताए । ‘अन्तर्राष्ट्रिय पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्य रुपमा मनाई हाम्रो सभ्यताको परिचय दिन हामी सबै लाग्नुपर्छ,’ शाक्यले भने, ‘इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहल समेत भइरहेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिनुभएको छ । हाल रु. ५ करोडको कोष बनाउने तयारी भैइरहेको छ । कार्यविधि बनाएपछि हामी औपचारिक रुपमै अघि बढ्छौँ ।’

सो छलफलपछि इन्द्रजात्रा पर्वमा कुनै पनि राजनीतिक गतिविधिहरू नगर्न र कुनै पनि संघ संस्थाले जात्रालाई असर पर्ने गरी कुनै क्रियाकलाप नगर्ने प्रतिबद्धतासहित सार्वजनिक अपिल समेत जारी गरिएको छ ।

उक्त अपिलमा मेयर शाक्यलगायत इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य र लाखे, पुलुकिसि, श्रीकुमारी, श्री गणेश, श्री भैरव, श्री हल्चोक आकाश भैरव आदिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ३ : २१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह